Best Khabar Team | २०७७ असार १४ गते आइतबार
२८ जुन, २०२०
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण संसारभर हालसम्म ५ लाख भन्दा बढी मानिसको मृत्यु भै सकेको छ । कोरोना भाइरससम्बन्धी सबै तथ्यांक अद्यावधिक गर्ने ओल्र्डोमिटर डटकमले उल्लेख गरेको तथ्यांक अनुसार आइतबार नेपाली समय अनुसार दिउँसोको पौने १ बजेसम्म विश्वका विभिन्न भागमा कोरोनाका कारण ५ लाख १ हजार ४ सय ४२ जनाको ज्यान गै सकेको छ ।

यस्तै विश्वका १ करोड ८८ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण फैलिइसकेको छ । यस्तै कोरोना लागेका मध्ये हालसम्म ५४ लाख ६६ हजार ५ सय ३४ जना निको भएर आफ्नो घर तथा काममा फर्केका छन् । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ अमेरिका । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण १ लाख २८ हजार ४ सय ४२ जनाले ज्यान गुमाएका छन् । यस्तै ब्राजिलमा ५७ हजार १ सय ३, रसियामा ८ हजार ९ सय ६९, भारतमा १६ हजार १ सय ११, बेलायतमा ४३ हजार ५ सय १४, स्पेनमा २८ हजार ३ सय ४१, इटलीमा ३४ हजार ७ सय १६ र मेक्सिकोमा २६ हजार ३ सय ८१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

गएको डिसेम्बर अन्तिम साताबाट चीनका बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरस यतिबेला विश्वका प्राय सबै देशमा फैलिइसकेको छ । कोरोना संक्रमण शुरुभएको ६ महिना वितिसक्दा पनि यसका कारण विश्वका विभिन्न देशमा अहिले पनि दैनिक सयौंको संख्यामा मानिसहरुको ज्यान गै रहेको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण तीब्र बन्दै गएको छ । जसका कारण नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर उच्च बनेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...
२४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित
२०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...
भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...
उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको...
Top