चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

Best Khabar Team | २०७६ आश्विन २७ गते सोमबार


१४ अक्टोबर, २०१९
काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीन बीच बुँदामा सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रप्रमुख सिको उपस्थितिमा दुईपक्षबीच बीस बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

चिनियाँ पक्ष र नेपालीपक्षबीच समझादारी पत्रमा हस्ताक्षर भएपछि ।

दुई पक्षबीच भएको औपचारिक वार्तापछि दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । वार्तामा चिनियाँ टोलीको नेतृत्व चिनियाँ राष्ट्रपति सि र नेपालका तर्फबाट सरकार प्रमुख ओलीले नेपाली टोलीको प्रतिनिधित्व गर्नुभएको थियो । सो वार्ताका क्रममा नेपाल चीनबीचको सदियौं देखिएको सम्बन्ध, दुई देशबीच गर्नसकिने सहयोग आदानप्रदालगायत सर्वपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

वार्तापछि १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमामा हस्ताक्षर भएको परराष्ट्र श्रोतले जानकारी दिएको छ । त्यसलगत्तै दुबै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले समझदारी पत्र एक आपसमा आदानप्रदान गरेका थिए । परराष्ट्र स्रोतका अनुसार दुईदेशबीचको समझदारी पत्रमा निम्न लिखित बुँदामा सहमति भएकोछ ।

१.सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता

२. सुशासन क्षमता बृद्धिका लागि समझदारी

३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता

४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी

५.राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी।

६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान।

७. चीन–नेपाल अन्तरदेशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी।

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति।

९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति।

१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी।

११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी।

१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी।

१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता।

१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल

१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।

१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र।

१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।

१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी।

१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान।

२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट।

वार्तालगत्तै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी समझादारी पत्रमा हस्ताक्षर गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने...

जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

Top