Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२०
काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड १९) लाई मध्यनजर गर्दै आगामी बैशाख १५ गतेसम्मका लागि लकडाउन (बन्दाबन्दी) को समय लब्याउने निर्णय गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या थपिँदै गएका कारण लकडाउनको समय थप्ने निर्णय गरेको हो ।
आजैमात्र छिमेकी मुलुक भारतले पनि लकडाउनको समय ३ साता थप गरेपछि नेपाल सरकारले थप १२ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले तेश्रोपटक थप गरेको लकडाउनको समयावधि भोलि राति सकिँदै छ । तर तत्काल लकडाउन खोल्दा जोखिम बढ्न सक्ने ठहर सहित सरकारले लकडाउनको समय थप गरेको हो ।

लकडाउनका बेलापनि अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुने सरकारले जनाएको छ । यस्तै अति आवश्यक कामका लागि बाहिर जानेहरुका लागि सवारी पासको व्यवस्था समेत गरिएको सरकारको भनाई छ । यसअघि सरकारले गत चैत्र ५ गते बिहान ६ बजेदेखि मुलुकमा लकडाउन गरेको थियो । त्यसपछि चैत्र १७ र चैत्र २३ गते तेश्रोपटक लकडाउनको समय थप गरेको थियो ।
आज थपिएको लकडाउनको समय चौथोपटक थप गरिएको हो । नेपालमा हालसम्म कोरानाका १६ जना संक्रमित भेटिएका छन् भने कतिपयको क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ । आज मात्रै काठमाडौंमा एकै परिवारका २ जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द
२०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न...
नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना
२०७६ चैत्र २९ गते शनिबार
११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...
भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान...
अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...
Top