हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार


२७ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका लागि मुख्य बाधक तत्वमध्येको एक चोक चोकमा ठड्याईका होर्डिङ्ग बोर्डहरु भएको ठहर गरी यसलाई हटाउने अभियान शुरु गरिएको छ । गृहमन्त्रालयको निर्देशनमा कामनपाको अगुवाईमा काठमाडौंका शहरी क्षेत्रमा रहेको होर्डिङ्गबोर्डहरु हटाउने काम अघि बढाइएको हो ।

यस अक्रममा आजमात्रै करिब २ दर्जन स्थानका होर्डिङ्ग बोर्ड हटाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसो ४ वर्षअघि नै सर्वोच्च अदालतले होर्डिङ्ग बोर्ड हटाउनका लागि सरकारलाई निर्देशन दिएको भएपनि गृहमन्त्रालयले हिजो मात्रै सर्वोच्चको आदेशलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएपछि महानगरपालिकाकाले आजैबाट होर्डिङ्गबोर्ड हटाउने अभियान अघि बढाएको हो ।

होर्डिङ्गबोर्ड हटाउनका लागि कामनपाले ४ वटा टोली बनाएर काम अघि बढाएको जनाएको छ । करिब २ महिनाभित्रमा उपत्यकाका होर्डिङ्गबोर्ड हटाईसक्ने लक्ष्य महानगरपालिकाले लिएको छ । नेपाल भ्रमणवर्ष २०२० को पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाको सौन्दर्यतामा थप निखार ल्याउने अभियान अनुसार अभियान शुरु गरिएको हो ।

काठमाडौंमा अव्यवस्थित रुपमा राखिएका होर्डिबोर्डका कारण दुर्घटना बढ्नुका साथै महानगरपालिकाको सौन्दर्यतामा समेत गम्भीर असर पुगेको ठहर गर्दै यसलाई हटाउनका लागि कामनपा तातेको हो ।

यसैबीच काठमाडौंको पर्यटकीय स्थल ठमेल क्षेत्रमा रहेका अव्यस्थित तार हटाउने काम समेत सम्पन्न भै सकेको छ । निकट भविष्यमै काठमाडौंका शहरी क्षेत्रमा देखिने अव्यवस्थित साइनबोर्डहरु समेत हटाईने महानगरपालिकाको तयारी छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण :  नर्वे सरकारले अनुसन्धान थाल्यो कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

२०७७ माघ ४ गते आइतबार

१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...

भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

Top