आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

Best Khabar Team | २०७६ फाल्गुन २ गते शुक्रबार


१४ फेब्रुअरी, २०२०
काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनाको १४ तारिख । विश्वभर प्रेम जोडीहरुले एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाउँदै छन् । नेपाल सहित विश्वभर आज मनाइने प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ को नामले बढी प्रचलित छ । प्रणय दिवस पश्चिमा सँस्कृति भए पनि नेपालका युवा युवतीबीच पछिल्ला वर्षहरुको यो लोकप्रीय बन्दै गै रहेको । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक विवाह गराइदिएका थिए ।

तर युवा युवती प्रेममा लागे सैनिक शासन प्रभावित हुन्छ भनेर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि उनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । त्यसैको निरन्तरताको रुपमा यो दिवस बनाउन थालिएको हो । तर यो दिवस आउनु एक साता अघि देखि नै विभिन्न दिनको रुपमा यसलाई सप्ताहव्यापी रुपमा मनाउने चलन पनि रहि आएको छ । जुन विकृतीको रुपमा रहेको संस्कृतिविद्हरु बताउँछन् ।

एक तथ्यांक अनुसार यो वर्ष करिब १ करोड रुपैयाँ बराबरको गुलावको फूलमात्रै आयात भएको देखिएको छ । विशेष गरी युवा जोडीले आपसमा माया र बाँड्न आपसमा गुलाव फूल साटासाट गर्दछन् । यसरी आयात हुने गुलावको पहिलो हिस्सा भारतले ओगटेको छ । यस्तै चीनबाट पनि थोरै परिमाणमा गुलाव आयात हुने गर्दछ । यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको गरेको विगतको प्रणय दिवसहरुले देखाएको छ । प्रणय दिवसलाई लक्षित गरी यो वर्ष भारतबाट करिब ८० लाख बराबरको रातो गुलावको आयात गरिएको बताइएको छ ।

यो दिन रातो गुलाव आपसमा साटासाट गर्दै प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने दिनको रुपमा विकसित हुँदै गएको छ । आफूलाई मन परेको व्यक्तिसामु आजैका दिन प्रेम प्रस्ताव राख्ने चलन पनि छ । प्रणय दिवसको दिन उपत्यकालगायत देशका विभिन्न ठाउँमा प्रेमपत्र लेखनलगायतका कार्यक्रमहरु समेत आयोजना गरिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...

तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...

Top