Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०
नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २ महिनादेखि बन्द रहेको भारतको आन्तरिक उडान आज बिहानदेखि सूचारु भएको छ । विमानमार्फत यात्रुहरु एक ठाउँदेखि अर्को ठाउँमा पुग्दा सहजै कोरोना भाइरसपनि फैलिएको विश्वव्यापी तथ्यलाई आत्मसाथ गर्दै भारतले गएको मार्च अन्तिम साता (२५ तारिख) देखि आन्तरिकलगायतका उडानसेवा बन्द गरेको थियो ।
कोरोनाका नयाँ संक्रमित तथा ज्यान गुमाउनेहरुको संख्या थपिँदै गर्दा भारतले विगत २ महिनादेखि जारी विमान उडानमाथिको प्रतिबन्धलाई हटाउँदै आजदेखि २ प्रदेशबाहेक अन्यमा हुने आन्तरिक उडान सूचारु गरेको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत सरकारले तोकेको आवश्यक सबै स्वास्थ्य सर्तकता अपनाएर उडान सेवा सुरु गरिएको छ । यद्यपी भारतका पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने तत्काल उडान गर्न नसकिने भारतको भनाई छ । विमानमा तत्कालका लगि कोरोना संक्रमण रोक्नका लागि यात्रु, विमान कम्पनी र चालकसहित क्याबिनसदस्यका लागि फरक फरक मापदण्ड तोकिएको छ ।

यात्रुहरुका लागि विमानमा खाजा, खानालगायत दिन बन्द गरिएको छ । यस्तै उनीहरुले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने व्यवस्था गरिएको छ । यात्रुहरुलाई आन्तरिक उडानमा पनि कम्तीमा दुई घण्टा अगाडी नै विमानस्थलमा आउनुपर्ने व्यवस्था लागू गरिएको छ । यस्तै विमानमा पर्याप्त मात्रामा ह्याण्ड सेनिटाइजरको व्यवस्था गरिएको छ भने सौचालय र अन्य सार्वजनिक स्थानमा भाइरस नियन्त्रणमा विशेष ध्यान दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमानमा रहेका सबै यात्रुहरुलाई विमानमा जानुअघि अनिवार्य रुपमा स्क्रिनिङ गरिने तथा विमानका परिचारिकाहरुले फ्लाइटमा पीपीई किट लगाउनुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तै एकयात्रुदेखि अर्को यात्रुसम्मको दुरी कम्तीमा दुई मिटरको कायम गरिएको छ । यस्तै विमानको टिकट तथा बोर्डिङ्गका लागि मेसिनको व्यवस्था गरिएको छ भने लगेज तथा व्यागेजलाई स्यानिटाइज गरिने व्यवस्था मिलाइएको छ ।
लामो समयदेखि विमानसेवाहरु बन्द हुँदा र देशमा जारी लकडाउनले अर्थव्यवस्था ध्वस्त हुन लागेको ठहरसहित भारतल सरकारले आवश्यक सावधानीका साथ विमान सेवा सूचारु गरेको हो । विमान शुरुभएको पहिलो दिनको पहिलो उडान आज दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टबाट बिहान पौने ५ बजे पुनेका लािग छुटको थियो । भारतमा सोमबार साँझसम्म ४ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४४ हजार एक सय १८ जनामा संक्रमण देखिएको छ ।

प्रस्तुत भिडियो हामीले एनडिटिभी इन्डियाबाट साभार गरेका हौं ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व
२०८२ भाद्र २८ गते शनिबार
नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...
आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)
२०७६ माघ ७ गते मंगलबार
काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...
काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
Top