Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०
धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गर्भवती रहेको र विभिन्न समस्या देखिएपछि उपचारका लागि २ दिनअघि काठमाडौंको थापाथलीमा रहेको प्रसुती गृहमा भर्ना भएकी थिइन् । रिँगटा लाग्ने, ज्वरो आउने तथा पिसाव पोल्नेलगायतका समस्या देखिएपछि उनी प्रसुती गृहमा भर्ना भएकी थिइन ।

उनमा देखिएको लक्षणमध्ये केही कोरोनासँग मिल्दोजुल्दो देखिए पनि उनको स्वाब परीक्षण गरिएको थियो । २२ वर्षकी ती युवती केहीदिनअघि अस्पतालमा भर्ना भएको र सोही दिन स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ । आज प्रयोगशालाले दिएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि गरेको छ । उनलाई अहिले अस्पतालको क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको र थप उपचारका लागि टेकुस्थित सरुवा रोग स्पतालमा पठाउने अस्पताले जनाएको छ ।
गर्भवती अवस्थामा कोरोनाको संक्रमण उच्च हुने भएकाले उनको विशेष निगरानीका साथ उपचार अघि बढाउने चिकित्सकहरुले बताएका छन् । ती महिलामा कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकहरुको पनि स्वब परीक्षणका लागि टेकु पठाइएको छ । २ साता अघि सिन्धुपाल्चोकमा सुत्केरी महिलाको कोरोनाका कारण निधन भएसँगै गर्भवतीहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै सरकारले देशभरका गर्भवती तथा सुत्केही महिलाहरुलाई थप सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...
कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
Top