Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०
धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गर्भवती रहेको र विभिन्न समस्या देखिएपछि उपचारका लागि २ दिनअघि काठमाडौंको थापाथलीमा रहेको प्रसुती गृहमा भर्ना भएकी थिइन् । रिँगटा लाग्ने, ज्वरो आउने तथा पिसाव पोल्नेलगायतका समस्या देखिएपछि उनी प्रसुती गृहमा भर्ना भएकी थिइन ।

उनमा देखिएको लक्षणमध्ये केही कोरोनासँग मिल्दोजुल्दो देखिए पनि उनको स्वाब परीक्षण गरिएको थियो । २२ वर्षकी ती युवती केहीदिनअघि अस्पतालमा भर्ना भएको र सोही दिन स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ । आज प्रयोगशालाले दिएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि गरेको छ । उनलाई अहिले अस्पतालको क्वारेन्टाइनमा राखेर उपचार गरिरहेको र थप उपचारका लागि टेकुस्थित सरुवा रोग स्पतालमा पठाउने अस्पताले जनाएको छ ।
गर्भवती अवस्थामा कोरोनाको संक्रमण उच्च हुने भएकाले उनको विशेष निगरानीका साथ उपचार अघि बढाउने चिकित्सकहरुले बताएका छन् । ती महिलामा कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकहरुको पनि स्वब परीक्षणका लागि टेकु पठाइएको छ । २ साता अघि सिन्धुपाल्चोकमा सुत्केरी महिलाको कोरोनाका कारण निधन भएसँगै गर्भवतीहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै सरकारले देशभरका गर्भवती तथा सुत्केही महिलाहरुलाई थप सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने...
भारतको राजस्थान सरकारले ६५ वर्ष माथिका बृद्धबृद्धालाई पशुपति भ्रमण गराउने
२०७६ असार ७ गते शनिबार
२२ जुन, २०१९काठमाडौं । छिमेकी मुलुक भारतको राजस्थान सरकारले...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...
Top