Best Khabar Team | २०८० आश्विन २८ गते आइतबार
१५ अक्टोबर, २०२३
काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा शुरु भएको छ । आज बिहान नेपाली समय अनुसार ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखेसँगै आजबाट दशैं शुरुभएको हो । हरेक वर्षको असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासमम्म १५ दिनसम्म धुमधामका लागि मनाइने दशैं पर्वमा विशेष गरी शक्तिस्वरुपा नव दुर्गाभवानीको पूजा आरधना गरि मनाइने गरिन्छ । आज घर घरमा तथा विभिन्न शक्तिपीठको दशैं घरमा दियो, कलश र गणेशको पूजासहित विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

पवित्र स्थानको माटो, बालुवा पूजा कोठा वा दसैं घरमा ल्याएर मकै, धान, गहुँ, तिललगायत अन्न छरेर जमरा राख्ने गरिन्छ । आज राखिएको जमरा दशैंको टिकाको दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गर्ने परम्परा रहिआएको छ । दुर्गामातालाई जमरा मन पर्ने भएका कारण विजयादशमीमा प्रसादका रुपमा जमरा ग्रहण गर्ने गरिएको धार्मिक मान्यता रहिआएको छ । विशेष गरी जमरालाई देवीमाताको अंगका रुपमा पनि मान्ने गरिन्छ ।
दसैंमा टीका लगाइसकेपछि फूलको सट्टा समृद्ध र विजयको प्रतिक जमरा लगाउने गरिन्छ । आज घटस्थापना गरिएसँगै शुरुभएको दशैंपर्व विजयादशमीको दिन सम्पन्न हुने छ । त्यसो त कोजाग्रत पूर्णिमासम्म मान्यजनहरुबाट टीका प्रसाद लिन मिल्ने चलन समेत रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले चित्रा नक्षत्र र वैधृति योगको शान्ति पूजा गरेपछि मात्रै घटस्थापना गर्नु शास्त्रसम्मत देखिने नेपाल पञ्चाङ्ग निर्णयक समितले जनाएको छ ।
यो वर्ष कात्तिक ७ गते दुर्गा विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको तथा टीका प्रसाद ग्रहणका लागि बिहान ११ बजेर २ मिनेटको साइत उत्तम समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...
कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...
Top