Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी अर्थात् पत्रकारमा कोरोना (कोभिड १० ) को संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २ जना पुरुष सञ्चारकर्मी (पत्रकार)मा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । समाचार संकलनका क्रममा जिल्लाका विभिन्न ठाउँमा पुगेका उनीहरुमा संक्रमण भेटिएको हो ।
ती सञ्चारकमीहरुले समाचार संकलनका क्रममा जिल्ला र आपसासका विभिन्न ठाउँमा पुग्ने क्रममा आशंका लागेपछि अस्पतालका चिकित्सकलाई स्वाब संकलनका लागि अनुरोध गरेका थिए । सञ्चारकर्मीलाई संक्रमण देखिएपछि उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । पर्सामा आजमात्रै ३९ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुमध्ये २ जना सञ्चारकर्मी रहेको बताइएको छ ।

जिल्लाबाट गरिएको स्वाब संकलनको परीक्षणका क्रममा आज पहिलो चरणमा आएको रिपोर्टमा ४ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अन्य सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
देशभर आजमात्रै ५७ जनामा कोरोना संक्रमण देखिइसकेको छ ती मध्ये ४ जना सञ्चारकर्मीहरु रहेका छन् । नेपालमा सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता
२०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...
काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने
२०७९ पुष २६ गते मंगलबार
१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं...
Top