Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने भन्दै अब अतिक्रमित भूमि पनि नेपालको पक्षमा ल्याएरै छाड्ने स्पष्ट पारेका छन् ।
उनले संसदमा आज नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रिय हितका लागि आफू कसैको दबाबमा नपर्ने स्पष्ट पारेका छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको जमिनलाई समावेश गरेर छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने उनको भनाई छ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले आवश्यक ढंगले कुटनीतिक छलफल र आन्तरिक तयारी पनिसँगै अघि बढाउने उनको भनाई छ ।
सरकार विदेशीको दबाबमा परेको भन्दै सांसदहरुले आलोचना गरेपछि प्रधानमन्त्री ओलीले अरुको उक्साहटमा लागेर राष्ट्र र राष्ट्रियता विरुद्ध कहिल्यै काम नगर्ने स्पष्ट पारे । उनले कुनैपनि हालतमा भारतले हड्पेको भूभाग फिर्ता लिने बताएका छन् । यद्यपि यो कार्य कठिन हुने भएपनि चुनौतीको सामना गरेरै भएपनि भूमि फिर्ता लिइछाड्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे । भारतसँग मैत्रिपूर्णरुपमा वार्ता गरेर तथ्य प्रमाण पेश गरेर आफ्नो भूमि फिर्ता लिने उनको प्रतिबद्दता छ ।
भारतसँग तनावरहित एवं सुमधुर ढंगले वार्ता र छलफल गर्ने उनले स्पष्ट पारे । भारतसँगको सम्बन्धलाई कुनैपनि हिसावले विग्रन नदिनका लागि सरकार सचेत रहेको प्रधानमन्त्रीले बताएका छन् । उनले विगतमा लडाईँको बेला गरिएको सहमतिको आधारमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु दुर्भाग्यपूर्ण भएको बताए। यसलाई स्वीकार गर्न नसकिने बताए । वार्ताबाट समस्याको समाधान खोज्ने भन्दै भारतसँग मित्रवत् व्यवहार गर्ने उनले स्पष्ट पारे ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...
कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...
Top