काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


२३ मे, २०२०
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी अस्पतालका एक कर्मचारीसहित थप ३२ जनामा कोरोना संक्रमण भेटिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा काठमाडौंका ३५ वर्षका एक पुरुषसहित थप ३२ जनामा आज कोरोना संक्रमण भेटिएको उल्लेख थियो ।

काठमाडौंका ३५ वर्षका भनिएका ती पुरुष ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारी भएको अस्पताल स्रोतको भनाई छ । अस्पताल स्रोतका अनुसार ती व्यक्ति स्वास्थ्यकर्मी नभै अस्पतालको अन्य विभागमा काम गर्ने कर्मचारी हुन् । कर्मचारी संक्रमित भेटिएपछि अहिले अस्पताललाई सिल गरेर संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको तथ्याक संकलनको काम अघि बढाइएको छ । उनको अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयले आज जारी गरेको नियमित स्वास्थ्य बुलेटिनका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा १७ देखि ४२ वर्ष उमेर समूहका ७ जना पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, सर्लाहीमा १२ जना पुरुष र बाराकी एक महिला गरी कुल १३ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी भेटिएका १२ जना पुरुषहरु सर्लाही जिल्लाको गोडैता र कविलासी नगरपालिकाका स्थायी वासिन्दा भएको बताइएको छ । यस्तै बाराको कलैयाकी एक महिलामा पनि कोरोना देखिएको छ । यता रुपपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा २० देखि ५५ वर्ष उमेर समूहका ८ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवन भरतपुरका ५२ वर्षका एक पुरुषमा कोरोना देखिएको छ ।

आज थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । हालसम्म ३ जनाको कोरानाका कारण ज्यान गएको छ । यस्तै कोरोनाको संक्रमणमा परी उपचार गराईरहेका मध्ये ७० जना कोरोनालाई जितेर घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि ‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

२०७७ भाद्र १६ गते मंगलबार

०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...

नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित) नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)

२०७७ जेठ २२ गते बिहिबार

ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

Top