Best Khabar Team | २०७७ श्रावण २८ गते बुधबार
१२ अगस्ट, २०२०
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनाको ज्यान गएको छ । ललितपुरका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरको किस्ट अस्पताल, पाटन अस्पताल र मेडिसिटी अस्पतालमा उपचारका क्रममा तीन जनाको ज्यान गएको हो । कोरोनाबाट ज्यान गुमाउनेमा २ महिला र एक पुरुष रहेका छन् ।

पाटन अस्पतालमा उपचारमा रहेकी जनकपुरकी एक महिलाको अस्पतालमा निधन भएको छ । पाटनमा ज्यान गुमाएकी ती महिलामा सामान्य झाडाबान्ता र ज्वरोको समस्या देखिएको थियो । यस्तै मेडिसिटीमा उपचारमा रहेका ७१ वर्षका एक पुरुषको ज्यान गएको छ । उनी जनकपुरका स्थायी बासिन्दा भएको बताइएको छ । उनी निमोनियासम्बन्धी समस्या देखिएपछि अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।
उपचारका क्रममा उनको आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ । यता किस्ट अस्पतालमा पनि उपचारका क्रममा रहेकी एक महिलाको ज्यान गएको छ । अस्पतालमा उपचारमा रहेकी ७१ वर्षकी एक महिलाको हिजो साँझ ज्यान गएको छ । उनी पनि उच्च रक्तचापलगायतका विभिन्न समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्र पनि कोरोना संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ । विशेष गरी लकडाउन खुल्ला गरिएसँगै राजधानी भित्रनेहरुको चाप ह्वात्तै बढेपछि संक्रमितको संख्या पनि बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी...
कोरोनाको कहरमा ‘बकर इद’ पर्व
२०७७ श्रावण १७ गते शनिबार
– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको...
पेट्रोलियम पदार्थको मूल्य समायोजन
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
Top