अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


अस्पतालमा उपचारत बम र मोक्तान क्रमश बायाँबाट

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २ जना नेपालीमा कोरोना संक्रमण भएको छ । उनीहरु संक्रमणलगत्तै अस्पतालमा उपचारत छन् । संक्रमित हुनेहरुमा सुदुरपश्चिम समाज अमेरिकाका माहासचिब जीवन जंग बम र चर्चित भिडियोग्राफर शम्भु मोक्तान रहेका छन् । बमको हाल न्यूर्योकको माउन्ट सेन्नेइ अस्पताल, लङआल्यान्डमामा उपचार भै रहेको नेपाली जनसम्पर्क समितिमा सभापति आनन्द विष्टले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

अस्पतालमा रहेका बमको स्वास्थ्यमा सुधार भै रहेको र उनका परिवारका सबै सदस्य स्वस्थ्य रहेको बताइएको छ । यस्तै अर्का संक्रमित न्यूर्योक क्षेत्रमा लामो समयदेखि भिडियोग्राफी गर्दै आएका भिडियोग्राफर मोक्तानलाई पनि लङआइस्लाण्डमै रहेको जुइस अस्पतालमा राखेर उपचार गरिँदै छ ।

मोक्तानलाई विगत केही समयदेखि घाँटी दुख्ने, ज्वरो र खोकीको लक्षण देखिएको बताइएको छ । उनलाई अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । उनको अवस्था सामान्य तर स्थिर रहेको बताइएको छ । उनले आफू विरामी भएको भन्दै सञ्जालमा जानकारी र तस्वीर राखेर आफ्नो स्वास्थ्यको लागि कामना गर्न सबैसँग अनुरोध गरेका छन् ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण १ हजार ९ सय ४३ जनाको ज्यान गै सकेको छ भने १ लाख १६ हजार ४ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ४७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...

विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...

सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

Top