पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार


२७ अगस्ट, २०२०
काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार १ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हिजो अपरान्हदेखि आज अपरान्ह साढे ४ बजेसम्म देशभर १ हजार १ सय ११ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो संख्या देशभर एकैदिन थपिएका कोरोना संक्रमितको सबैभन्दा धेरै तथ्यांक हो । यसरी थपिएकाहरु काठमाडौंलगायत ४ दर्जन बढी जिल्लामा भेटिएका कोरोना संक्रमित रहेका छन् । उनीहरुमध्ये ७ सय ७७ जना पुरुष र ३ सय ३४ जना महिला रहेका छन् । संक्रमितहरुको विभिन्न जिल्लास्थित अस्पतालहरुको आइसोलेसनमा उपचार चलिरहेको बताइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा पनि पछिल्लो २४ घण्टामा ललितपुरमा ६६ जना संक्रमित भेटिएका छन् ।

यस्तै काठमाडौंमा २ सय ७० तथा भक्तपुरमा ४१ जना नयाँ संक्रमित थपिएका छन् । हिजो यही समयमा मन्त्रालयले काठमाडौंमा ३ सय १ जनामा कोरोना संक्रमण भएको बताएको थियो । तर आज थप ३ सय ७७ जनामा कोरोना पुष्टि भएसँगै काठमाडौंमा कोरोनाको जोखिम उच्च बनेको छ । काठमाडौं उपत्यकामा दैनिक संक्रमितको संख्या बढ्न थालेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण देशभर १ सय ८३ जनाको ज्यान गै सकेको छ भने संक्रमितको संख्या ३५ हजार ५ सय नाघेको छ ।

हालसम्म २० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...

नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि… नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका...

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’ सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...

Top