Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०
काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार १ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हिजो अपरान्हदेखि आज अपरान्ह साढे ४ बजेसम्म देशभर १ हजार १ सय ११ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो संख्या देशभर एकैदिन थपिएका कोरोना संक्रमितको सबैभन्दा धेरै तथ्यांक हो । यसरी थपिएकाहरु काठमाडौंलगायत ४ दर्जन बढी जिल्लामा भेटिएका कोरोना संक्रमित रहेका छन् । उनीहरुमध्ये ७ सय ७७ जना पुरुष र ३ सय ३४ जना महिला रहेका छन् । संक्रमितहरुको विभिन्न जिल्लास्थित अस्पतालहरुको आइसोलेसनमा उपचार चलिरहेको बताइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा पनि पछिल्लो २४ घण्टामा ललितपुरमा ६६ जना संक्रमित भेटिएका छन् ।
यस्तै काठमाडौंमा २ सय ७० तथा भक्तपुरमा ४१ जना नयाँ संक्रमित थपिएका छन् । हिजो यही समयमा मन्त्रालयले काठमाडौंमा ३ सय १ जनामा कोरोना संक्रमण भएको बताएको थियो । तर आज थप ३ सय ७७ जनामा कोरोना पुष्टि भएसँगै काठमाडौंमा कोरोनाको जोखिम उच्च बनेको छ । काठमाडौं उपत्यकामा दैनिक संक्रमितको संख्या बढ्न थालेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण देशभर १ सय ८३ जनाको ज्यान गै सकेको छ भने संक्रमितको संख्या ३५ हजार ५ सय नाघेको छ ।
हालसम्म २० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...
कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...
बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...
भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...
Top