Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका नेकपा विप्लव समूहका जिल्ला इन्चार्जको हत्याको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानिबन थालेको छ ।
नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तमा प्रहरीको गोली लागेर ज्यान गुमाएका कुमार पौडेलको मृत्यु भिडन्तमा नभै प्रहरीले घेरा हालेर गरेको आरोप स्थानीय तथा नेकपाका कार्यकर्ताले लगाएपछि आयोगले यो घटनाको विषयमा छानबिन थाल्न शुरु गरेको हो । आयोगको एक टोली घटनास्थलतर्फ जाने घटनाको सत्यतथ्य छानबिन गर्न लागिएको आयोग स्रोतको दाबी छ । सरकारले फागुनको अन्तिमसातादेखि विप्लव समूहको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उसमाथि धरपकड शुरु गरेको छ । यही क्रममा हिजो कुमारको हत्या भएको थियो ।
प्रहरीले भने दोहोरो भिडन्तमा उनको ज्यान गएको जनाएको छ । पछिल्लो ६ महिनायता मृतक कुमारले चन्दा संकलन कार्यलाई तीब्रता दिएको सूचना पाएको प्रहरीको कारबाहीमा हिजो उनको मृत्यु भएको थियो । प्रहरीले भने नम्बर नखुलेको तथा ना २२ प ६४ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई लक्षित गरी गोली चलाएपछि त्यसको जवाफी कारबाही तथा प्रतिरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको जनाएको छ । प्रहरीले उनको साथबाट कटुवा पेस्तोल, थ्रीनटथ्री बन्दुकको तीन राउण्ड गोली र म्यागजिन बरामद भएको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...
कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने
२०७६ फाल्गुन २० गते मंगलबार
०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको...
High Cost Of A Strong Euro
२०७७ भाद्र ११ गते बिहिबार
Daniel Gros Europe is experiencing a “good” crisis. Despite...
अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...
Top