Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९
वासिङ्टन । आगामी सन् २०२० मा हुने राष्ट्रपति चुनावमा पुःन उम्मेदरी दिने तयारीमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको औपचारिक शुरुवात गर्नुभएको छ । उहाँले हिजो राति अमेरिकाको फ्लोडियामा आयोजित एक कार्यक्रमबाट दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन अभियान शुरु गर्नुभएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जानकारी दिएका छन् ।
यसअघि ट्रम्पले राष्ट्रपतिको पुःन उम्मेद्वार बन्नका लागि औपचारिक रूपमा अभियान सुरु गर्ने बताउँदै आउनुभएको थियो । हिजोको चुनाव प्रचार प्रसार अभियानबाट औपचारिक रुपमा आफूले सन् २०२० को राष्ट्रपति चुनावमा उम्मेद्वारी दिने घोषणा ट्रम्पको छ । स्थानीय ओर्ल्यान्डोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले ट्रम्पले फ्लोरिडा राज्य आफ्नो दोस्रो घर भएको बताउँनुभयो ।
र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी हुनुभएको थियो । बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी उहाँको छ । उहाँले आगामी ४ वर्षका लागि आफ्नो पक्ष्मा मत दिन आग्रह गर्दै दोश्रो कार्यकालमा थप काम गर्ने दाबी गर्नुभयो ।
यसैबीच अर्को चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूको चर्को आलोचना गरे । ट्रम्पका प्रतिद्वन्द्वीका रुपमा डेमोक्र्याटिक पार्टीले पनि उम्मेद्वार उठाउने तयारी गरिरहेको छ । ट्रम्प २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित अमेरिकाको ४५औं राष्ट्रपति बनेका बन्नुभएको थियो । यसपटकको चुनावमा विजयी हुन भने उहाँलाई निक्कै कठिन हुने प्रारम्भिक सर्वेक्षणहरुले देखाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...
८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...
देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान...
Top