फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


फाइल तस्वीर : नेपालको नक्सा ।

१८ मे, २०२०
काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले भारतले विगतमा अतिक्रमण गरेको भूमिलाई समेत नेपाली भूभागमै समावेश गरी नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भारतले विगतमा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरासहितको भूभागलाई समावेश गरेर नयाँ नक्सा निर्माण गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब नेपालको हालसम्म प्रचलनमा रहेको पछिल्लो राजनीतिक तथा प्रशासननिक नक्सा बदलिने छ ।

अब विगतमा भएको सुगौली सन्धीमा उल्लेख भए अनुसारको भूमि समावेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको नयाँ नक्सा जारी गर्ने प्रस्तावलाई मन्त्रीपरिषद्ले सर्वसम्मत रुपमा पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । सन् १८१६ को सुगौली सन्धिमा लिम्पियाधुरा नदी काली नदीलाई भारतीय सिमा मान्दै नयाँ नक्सा तयार गरिएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले केहीदिन अघि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा लिम्पियाधुरासहितलाई समावेश गरी नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी थिइन् । यसअघि गएको कात्तिक महिनामा भारतले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानीलगायतका भूभागलाई भारतमा राखेको थियो । पछिल्लो समयमा सोही भूभाग हुँदै भारतले कैलाल मानसरोबर जाने सडक निर्माण गरेको थियो ।

जुन सडक नेपाली भूमिहुँदै निर्माण भएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको थियो । सत्तारुढ दलका सांसदहरुले नै तत्काल भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी त्यसलाई नेपाली भूभागमा पर्नेगरी नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका थिए । यस्तै अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनले राजधानीलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै तत्काल सो भूमि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ

२०७६ पुष १६ गते बुधबार

शब्द तथा तस्वीर : पि.एल. तरंग कुनै जमना थियो,...

सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित) सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...

बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित) बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...

कोरोनाको कहरबाट आक्रान्त जनतालाई सरकारको १२ वटा राहतमूखी कार्यक्रम (बुँदासहित) कोरोनाको कहरबाट आक्रान्त जनतालाई सरकारको १२ वटा राहतमूखी कार्यक्रम (बुँदासहित)

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना...

Top