फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


फाइल तस्वीर : नेपालको नक्सा ।

१८ मे, २०२०
काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले भारतले विगतमा अतिक्रमण गरेको भूमिलाई समेत नेपाली भूभागमै समावेश गरी नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भारतले विगतमा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरासहितको भूभागलाई समावेश गरेर नयाँ नक्सा निर्माण गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब नेपालको हालसम्म प्रचलनमा रहेको पछिल्लो राजनीतिक तथा प्रशासननिक नक्सा बदलिने छ ।

अब विगतमा भएको सुगौली सन्धीमा उल्लेख भए अनुसारको भूमि समावेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको नयाँ नक्सा जारी गर्ने प्रस्तावलाई मन्त्रीपरिषद्ले सर्वसम्मत रुपमा पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । सन् १८१६ को सुगौली सन्धिमा लिम्पियाधुरा नदी काली नदीलाई भारतीय सिमा मान्दै नयाँ नक्सा तयार गरिएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले केहीदिन अघि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा लिम्पियाधुरासहितलाई समावेश गरी नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी थिइन् । यसअघि गएको कात्तिक महिनामा भारतले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानीलगायतका भूभागलाई भारतमा राखेको थियो । पछिल्लो समयमा सोही भूभाग हुँदै भारतले कैलाल मानसरोबर जाने सडक निर्माण गरेको थियो ।

जुन सडक नेपाली भूमिहुँदै निर्माण भएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको थियो । सत्तारुढ दलका सांसदहरुले नै तत्काल भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी त्यसलाई नेपाली भूभागमा पर्नेगरी नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका थिए । यस्तै अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनले राजधानीलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै तत्काल सो भूमि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...

पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...

Top