१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन

Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार


०२ जनवरी, २०२०
चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक एवं नेपाल प्रहरीका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा दरबन्दी भएको ठाउँमा पुग्न ३ नम्बर प्रहरी प्रदेश कार्यालयले निर्देशन दिएको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा भएको १३ दिनसम्म पनि मल्लले जिल्ला छाड्न आनाकानी गर्दै चितवनस्थित जिल्ला प्रहरी कार्यालयमै काम गरिरहेपछि प्रदेश प्रहरी कार्यालयले यो निर्देशन दिएको हो । प्रहरी प्रदेश कार्यालयले दिएको निर्देशनमा ‘करिब २ साता अघि सरुवाको लागि निर्देशन दिएको भएपनि सरुवा दरबन्दीमा पुगी हाजिर गरेको विषयमा कुनै जानकारी नआएकोले तत्काल जिल्ला छाड्न’ भनिएको छ ।

मल्ल काठमाडौंमा रहँदा करिब ५ वर्ष तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका लागि नेपाल प्रहरीका तर्फबाट अंगरक्षक थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...

भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...

भागरथीको हत्यारा को ? भागरथीको हत्यारा को ?

२०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

Top