काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार


०२ मे, २०२०
काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा रोकिएका सयौं पर्यटक आज काठमाडौंबाट फ्रान्सको राजधानी पेरिस उडेका छन् । काठमाडौंमा रहेको फ्रान्सेली दुतावासको सहकार्यमा देशका विभिन्न क्षेत्रमा रहेकामध्ये ३ सय ९ जना पर्यटकलाई आज काठमाडौंबाट कतार एयरले फ्रान्स लगेको हो । त्यसमा फ्रान्सलगायत विभिन्न युरोपेली तथा अफ्रिकी मुलुक, अमेरिका, क्यानडालगायतका देशका नागरिकहरु रहेको बताइएको छ ।

नेपालमा कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गर्दा देशका विभिन्न क्षेत्रमा पदयात्रामा पुगेका ती नागरिकहरु त्यहि रोकिएका थिए । पछि उनीहरुलाई विभिन्न माध्यमबाट काठमाडौं ल्याएर राखिएको थियो । आज काठमाडौंस्थित फ्रान्सेली दुतावासले चार्टर गरेको विमानमा चढेर उनीहरु पेरिस लागेका हुन् । कतार एयरको ठूलो जहाजमार्फत् उनीहरुलाई कतारको राजधानी दोहा हुँदै पेरिस लगिने विमानस्थल स्रोतले जानकारी दिएको छ । सरकारले आगामी बैशाख २५ सम्म लकडाउन र जेठ २ सम्म अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण विदेशी पर्यटकहरु प्रभावित भएका थिए ।

काठमाडौंमा रहेको फ्रान्सेली दुतावास

तर नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि चार्टर विमान उड्न पाउने भएपछि काठमाडौंमा जम्मा पारिएका ३ सय ९ जना विदेशी पर्यटक आज गन्तव्यतर्फ उडेका हुन् । उनीहरु पेरिसमा पुगेपछि त्यहाँबाट सम्बन्धित देशको दूतावासले समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउने बताइएको छ । यसअघि पनि विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशले विमान चार्टर गरेर स्वदेश फिर्ता लगिसकेको छ । पछिल्लो पटक बंगलादेश र भुटान सरकारले आफ्ना देशका नागरिकलाई स्वदेश फिर्ता लगेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए…… विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……

२०८० कार्तिक ९ गते बिहिबार

भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...

काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा...

Economic Impact of COVID-19 in Nepal: A Question of Bad or Worst Economic Impact of COVID-19 in Nepal: A Question of Bad or Worst

२०७७ श्रावण १९ गते सोमबार

–- By Jyoti Koirala/Suman AchrayaConsidering the fact and avoid...

शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...

Top