Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुर
भक्तपुर सुकुल ढोकाका ६५ वर्षका आशाकाजी बटाजुको दैनिकी माटोमै खेलेर वित्ने गर्दछ । १३ वर्षको उमेरदेखि आफ्ना बुबासँगै माटोको भाँडा बनाउने काममा सहयोग गर्नुभएका बटाजु आजसम्म पनि त्यसैगरी माटोको भाँडा बनाएर आफू र आफ्ना परिवारका ५ जना सदस्यको दैनिकी टारी रहनुभएका छ ।
कर्मशील बटाजुले ५ दशक भन्दा बढी समय यसैगरी माटोसँग खेलेर विताउनुभयो । ५० वर्षमा अन्य क्षेत्रमा विभिन्न खाले सुविधा तथा नयाँ प्रविधि भित्रिइसकेपनि माटोको भाँडा बनाउने काममा भने खासै कुनै नयाँ प्रविधि भित्रिएको छैन । जसका कारण बटाजु जस्ता धेरैको माटाको भाँडा बनाउने व्यवसाय संकटतर्फ धकेलिएको छ ।

मानव जीवनको जन्यदेखि मृत्यु प्रयान्त चाहिने महत्वपूर्ण सामग्रीको रुपमामाटोको भाँडाकुँडा रहेको छ । त्यसैले पराम्परागत यो पेशा जोगाउन अहिले बटाजुजस्ता दर्जनौं भक्तपुरबासीलाई निक्कै अप्ठेरो भै रहेको छ । माटोको भाँडाको विकल्पमा अन्य विभिन्न खाले चिनियाँ प्रविधिका प्लास्टिकका भाँडा समेत आयात हुन थालेपछि यो पेशा अहिले संकटमा पर्न थालेको छ । त्यसो त परम्परागत कालदेखि नै भोज भतेर, जन्म–मृत्यु संस्कारमा समेत माटाको भाँडा प्रयोग हुँदै आएको भएपनि अहिले माटाको भाँडाको तुलनामा प्लाष्टिकका सस्तो र सजिलै जहाँ पनि उपलब्ध हुने बैकल्पिक भाँडाहरु उपलब्ध हुने भएपछि यस्ता भाँडाकुडा बनाउनेहरुको पेशा संकटतर्फ धकेलिएको छ ।
विगतमा माटोको भाँडा बनाएरै महिनामा ८० देखि ९० हजारसम्म कमाई हुने गरेको भएपनि अहिले त्यसको आधाआधी कमाईमै चित्त बुझाउनुपर्ने बटाजुको भनाई छ । माटाको भाँडा बनाउन खर्च र समय बढी लाग्ने भएपनि यसको बजार मूल्य तुलनात्मक रुपमा कम भएकोले पनि आफूहरुको दैनिकी कठिन बनेको उहाँ बनाउनुहुन्छ । यस्तै माटको भाँडा भएकोले एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि त्यत्तिकै जोखिमपूर्ण भएकोले पसलेहरुको रोजाईमा पनि यसको विकल्पका भाँडाहरु पर्न थालेको व्यवसायीहरु बताउँछन् । यद्यपि भक्तपुरका दर्जनौं स्थानमा अहिले पनि यही माटाको भाँडाकुँडा बनाएर कतिपय स्थानीय बासिन्दाले गुजारा चलाउँदै आएका छन् ।
उनीहरूले आफ्नो आयस्रोतको रूपमा यही पुख्यौली पेसालाई लिएका छन् । विशेष गरी अहिले भक्तपुरको बोलाछे, व्यासी, ठिमी, कमलविनायक, सुकुलढोकालगायत विभिन्न ठाउँका बासिन्दाले यो पेसा अपनाउँदै आएका छन् । बोलाछेका राजेश प्रजापतीका सबै परिवार यसमा संलग्न छन् । उहाँका अनुसार अहिले परिवारको खर्च तथा केही बचत गर्ने रकम समेत यही पेशाबाट जोहो गर्न सकिएको छ ।उहाँका छोरा छोरीले पनि पढाईको अतिरिक्त समयमा उहाँलाई सहयोग गर्दै आइरहनुभएको छ । यस्तै व्यासीका महेश लहर्मीले पनि आफ्ना दुई छोराहरुलाई यही पेशाबाट अहिले उच्च शिक्षा अध्ययन गराईरहनुभएको छ भने घरखर्च तथा अन्य भैपरी आउने कामको गर्जो पनि टरेको छ ।

उहाँको भनाई अनुसार पनि विगतमा जस्तो माटोको भाँडाको बजार पहिले जस्तो छैन । भक्तपुरमा बनेको माटोका सामाग्री नेपालको काठमाडौं, जिरी, पोखरा, बनेपालगायत विभिन्न ठाउँमा बिक्री हुन्छ । यसका अलावा विदेशबाट आउन पर्यटकहरुले पनि यसलाई उपहारको रुपमा आफ्नो देश लैजाने गर्दछन् । विगतमा ठूलो मात्रामा माटोको भाँडाहरु विदेश निर्यात हुने भएपनि अहिले त्यो क्रम कम भएको छ ।
माटोको भाँडा बनाउन चिनियाँ माटो तथा कालिमाटी चाहिने भनेपनि अहिले अव्यवस्थित रुपमा खुलेको ईँटा भट्टाका कारण माटोको अभाव हुन थालेको छ । माटोको भाँडाका रुपमा बत्तिबाल्ने दियो, खुत्रुके, पटासी, हाँडी, गाग्री, कलाचा, कटारो, देवीदेवताको मूर्तिलगायत कोठा सजाउने विभिन्न सामाग्री बनाउने गरिन्छ । यसरी बनाइएका भाँडाहरु देख्दा निक्कै आकर्षक हुने गरेका छन् । तर सरकारले यो व्यवसायलाई जोगाउन तथा यस्ता काममा लाग्नेहरुको रोजी रोटी सुनिश्चित गर्नेतर्फ विशेष पहल नगर्दा विस्तारै अब यो पेशा संकटतर्फ धकेलिएको छ ।
यसरी माटोको भाँडा बनाउने व्यवसायमा अहिलेको नयाँ पुस्ताको संलग्नना निक्कै कम हुने गरेको छ । यस कारणले पनि अब भोलिका दिनमा यस्ता पेशा जोगाउँदै स्वदेशी उत्पादन र यसको प्रयोग गर्नेतर्फ राज्यले प्रभावकारी कार्यक्रम र कदम चाल्नुपर्ने देखिन्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा...
युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)
२०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...
What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?
२०७६ चैत्र १३ गते बिहिबार
26 March, 2020 PokharaThis Thursday night, people from Western...
पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...
Top