Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले समाचारहरुलाई खण्डन गर्दै दक्षिण कोरियाले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनको स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गरेको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले उल्लेख गरे अनुसार राष्ट्रपति किमका बारेमा आएका विभिन्न खाले समाचारहरुमा कुनै सत्यता नभएको भन्दै दक्षिण कोरियाले उनी सामान्य अवस्थामा रहेको दाबी गरेको हो ।
दक्षिण कोरियाका राष्ट्रपति मून जेइनका बरिष्ठ विदेश नीति सल्लाहकार मुन चुंगको भनाई उद्दृत गर्दै सिएनएनले उल्लेख गरे अनुसार किमको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी जीवित रहेका छन् । राष्ट्रपति किम अप्रिल १३ देखि वानसन एरियामा रहेको र उनका बारेमा आएका सबै समाचारहरु निराधार रहेको दक्षिण कोरियाको दाबी छ । केहीदिन अघि उत्तरको कोरियाको एउटा राष्ट्रिय कार्यक्रम (अर्थात् हालका राष्ट्रपतिका हजुर बुबाको जन्मदिनमा गरिएको कार्यक्रम) मा किम उपस्थित नभएपछि उनको स्वास्थ्यको विषयलाई लिएर विभिन्न खाले अड्कलबाजीहरु गर्न थालिएको थियो ।

कतिपय सञ्चारमाध्यमले उनको मृत्यु भै सकेको बताएका थिए भने कतिपयले उनको ब्रेन डेथ भएको भनेका थिए । तर उत्तर कोरियाली मिडियाले यसको बारेमा कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । राष्ट्रपति किम दिनअघि मात्रै पार्टीको एउटा पोलिटव्युरो बैठकमा सहभागी भएको दाबी दक्षिण कोरियाको समाचार माध्यमको छ । जुन अप्रिल १५ पछिको घटनाक्रम भएको बताइएको छ ।
यसअघि अमेरिकी गुप्तचर संस्थाले सार्वजनिक गरेको रिपोर्टमा अप्रिलको दोश्रो साता मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली राष्ट्रपति किम गम्भीर अवस्थामा रहेको उल्लेख थियो । सोही कारण उनी अप्रिल १५ को राष्ट्रिय समारोहमा सहभागी नभएको सो रिपोर्टमा जनाइएको थियो । केही सञ्चारमाध्यमले भने किम आफ्नै निवासमा रहेको भन्दै उनले प्रयोग गर्ने रेलको स्याटेलाईट तस्वीर पनि सर्वाजनिक गरेका छन् ।

किमले धेरै ध्रुम्रपान गर्ने, ज्यादा तौल र अध्यधिक काम गर्ने शैलीका कारण उनमा मुटुजन्य समस्या भएको विभिन्न गुप्तचर संस्थाहरुले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । किमको स्वास्थ्यको विषयमा विभिन्न समाचार सार्वजनिक भएपछि चिनियाँ चिकित्सकसहितको विशेषज्ञहरुको एउटा टोली हिजोमात्रै उत्तर कोरियाको राजधानी पोङ्गयाङ्ग गएको थियो ।

उनीहरुले अहिलेसम्म किमको स्वास्थ्यको बारेमा केही बताएका छैनन् । हाल उनी आफ्नै भिल्लामा आराम गरिरहेको र उनमा कुनै समस्या भएको भन्दै दक्षिण कोरियाका राष्ट्रपतिको विदेश मामिला सल्लाहकारको भनाई उद्धृत गर्दै सिएनएनले समाचार सार्वजनिक गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...
चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...
पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश
२०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...
राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै
२०७६ फाल्गुन १० गते शनिबार
२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...
Top