कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

Best Khabar Team | २०७६ चैत्र ७ गते शुक्रबार


२० मार्च, २०२०
काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु १२ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि लागूहुने गरी देशभरका विभिन्न सेवाहरु बन्द गर्ने निर्णय गरेका हुन् । यसरी बन्द हुने सेवामा सरकारी तथा निजी क्षेत्रले प्रवाह गर्ने विभिन्न सेवा रहेका छन् । तर सरकारले अत्यावश्यक सेवाहरु भने बन्द नभएको स्पष्ट पारेको छ ।

आज सरकारले राजपत्रमा जारी गरेको सूचना अनुसार मानव जीवनसँग सम्बन्धित विभिन्न अत्यावश्यक सेवाहरु तत्काल बन्द हुने भएका छन् । कोरोनाको प्रकोप फैलनसक्ने भन्दै आम नागरिकलाई घरभित्रै बस्नका लागि हिजो सरकारले आग्रह गरेको थियो । तर विद्यालय, क्याम्पसलगायत बन्द भएपछि सरकारी नीजि क्षेत्रले प्रदान गर्ने सेवाहरु भने बन्द भएको थिएन । यी क्षेत्रमा सेवाग्राहीहरुको ठूलो भीड लाग्ने देखिएपछि सरकारले यसलाई पनि बन्द गर्ने निर्णय गरेको हो ।

यसरी बन्द भएका १९ वटा विभिन्न सेवाहरु आगामी चैत्र २१ गतेसम्मका लागि बन्द हुनेछन् । तर सरकारले तल उल्लेखित विभिन्न सेवाहरुमा यो अवधिमा समेत सूचारु रहने जनाएको छ । सरकारले दिएको जानकारी अनुसार डाँक तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा, हवाइ अड्डा,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा रहेका छन् ।

यस्तै, प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा, हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा, सञ्चार सेवा एवं, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा, पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन तथा एम्बुलेन्ससम्बन्धी सेवालगायत रहेका छन् ।

यसका अलावा औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा, फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिंङ सेवा, बीमा सेवा, विद्युत सेवा, दैनिक उपभाग्य वस्तुहरू, खाद्यान्न, दाल चामल नुन तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवापनि अत्यावश्यक सेवामा राखिएको छ ।

यसका अलावा मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवालगायतका सेवालाई पनि अत्यावश्यक सेवाको रुपमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ १४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...

मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट...

९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने ९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना...

Top