Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९
काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थनीय प्रहरी चौकी आक्रमण गरेको समाचार सार्वजनिक भएपछि नेकपाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।
चन्द नेतृत्वको नेकपाले आज विज्ञप्ति जारी गरी सोलुखुम्बुमा आफ्नो पार्टीले चौकी आक्रमण नगरेको स्पष्ट पारेको छ । चौकी आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नरहेको चन्द नेतृत्वको नेकपाको स्पष्टोक्ति छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारीगर्दै सोलुखुम्बुमा पार्टीले प्रहरीचौकीमा आक्रमणको प्रयास गरेको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख गर्नुभएको छ ।
नेकपामाथि दमनको नीतिमा सरकार उत्रिएको र त्यसैको फलस्वरुप सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रचारबाजी गरेको उहाँको आरोप छ । हेर्नोस् चन्द नेतृत्व नेकपाको विज्ञप्ति तलको तस्वीरमा :

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...
४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...
कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...
Top