Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२०
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद अक्कल रावल बलात्कारको अभियोगमा पक्राउ परेका छन् । सांसद रावलले आफूमाथि बलात्कार गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ती महिलाले आज जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएकी थिइन् । प्रहरीले आफ्नै कार्यालयमा आत्मसमर्पण गर्न आइपुगेका सांसद रावललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रावल अछामबाट निर्वाचित प्रदेश सांसद हुन् । प्रहरीमा ती महिलाले फागुन १४ गते जाहेरी दिएलगत्तै प्रहरीले रावलमाथि पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनी तत्कालीन नेकपाका तर्फबाट विजयी सांसद हुन् । रावललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको भन्दै भोलि अदालतबाट म्याद थप गरी अभियोगको बारेमा थप अनुसन्धान गर्ने जनाएको छ । माओवादीको सशस्त्र युद्धका बेला रावल सुदुरपश्चिममा सक्रिय रुपमा सहभागि थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...
खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व
२०७६ मंशिर २३ गते सोमबार
नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...
Top