पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक पोर्चुगलका विभिन्न स्थानमा पानीसँगै आएको हावाहुरीले दर्जनौं स्थानमा रुखहरु लडाएको छ । रुखहरु लड्दा कतिपय ठाउँमा बाटोहरु अवरुद्ध बनेको छ भने कतिपय स्थानीयको घर रुखले च्यापेको छ । स्थानीय नागरिक सुरक्षा अधिकारीका अनुसार राजधानी लिस्बोनसहित देशका प्राय सबै क्षेत्रको मौसम अपरान्हदेखि विग्रेको हो । यो अवस्था आइतबारसम्म जारी रहने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण पोर्चुगलका उत्तरी क्षेत्र एभेइरो, भिसाउ, ब्राघा, पोर्तो तथा भियानादा दु कास्तेलोलगायतका क्षेत्र बढी प्रभावित भएको छ । यस्तै पोर्चुगलको पर्यटकीय क्षेत्र अल्गार्भमा पनि हावाहुरीसँगै परेको पानीका कारण समुद्री सतहको लेबल बढेको छ । जसका कारण केही ठाउँमा बस्तीतर्फ पानीको बहाव बढ्न थालेको छ ।

यस्तै दर्जनौं स्थानमा रुखहरु ढलेर सडक तथा घरहरु च्यापेको छ । पर्यटकीय क्षेत्र अल्गार्भका लागोआ, पोर्तिमाउ तथा सिल्भासलगायतका स्थान बढी प्रभावित भएको बताइएको छ । कतिपय स्थानमा पानीको तह खतराको सूचिभन्दा आधा मिटर माथिसम्म आइपुगेको छ । यस्तै अलमादा, सेतुबहाल, सान्तोष तिर्सो तथा पोर्तोलगायतका स्थानका आधादर्जन स्थानीय परिवार रुखहरु ढलेपछि घर छाडेर बाहिरिएका छन् ।

अहिले हावाहुरी र बाढी प्रभावित स्थानमा सुरक्षाकर्मी तथा स्थानीय उद्दारकर्ता पुगेर उनीहरुलाई सुरक्षाको उपाय अपनाउन आग्रह गरिरहेका छन् । यो क्रम डिसेम्बर २२ सम्म जारी रहने मौसम विभागको भनाई छ ।

तस्वीर सौजन्य : सेफ कमिसन पोर्चुगल



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन्  ? सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...

भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको...

Top