अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार


२८ फेब्रुअरी, २०२१
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित साम्नेगाउँमा मोटरबाटो खनिएको १५ वर्षपछि पहिलो पटक बस पुगेको छ । बिक्रम सम्बत् २०६१ सालमा पहिलो पटक स्थानीय वासिन्दाले जन श्रमदानबाट सडक खन्ने काम सम्पन्न गरेपनि नियमक निकायको बेवास्ताका कारण यो क्षेत्रसम्म अहिलेसम्म बस सेवा सञ्चालनमा आएको थिएन ।

तर हालै नगरपालिकाले सडकको स्तरोन्नती गरेपछि यो क्षेत्रमा आइतबार पहिलो पटक बस पुगेको छ । अब नियमित रुपमा बस सेवा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम सन्धिखर्क हुँदै पहिलो पटक नगरपालिकाको साम्नेगाउँ वडा नम्बर १ स्थित छेंडापोखरीमा पुगेको लु २ ख ४९३२ नम्बरको बस र यसका चालकलाई स्थानीय वासिन्दाले पन्चेबाजा र फुलमालाले स्वागत गरेका थिए ।

आफ्नै घरगाउँमा बस सेवा सञ्चालन भएपछि बस र चालकलाई उनीहरुलाई अबिर माला लगाएर स्वागत गरेका थिए । विगतमा यो क्षेत्रमा जीप सेवा सञ्चालनमा रहेको भएपनि पानी पर्दा तथा बर्खाको बेला नियमित रुपमा जिपले सेवा दिन सकेको थिएन । स्थानीय वासिन्दाले सिमित संख्यामा चल्ने जीपका कारण स्थानीय उत्पादन सदरमुकाम तथा नजिकको बजारसम्म लैजानका लागि ठूलो समस्या भोग्दै आएका थिए ।

अब भने यो क्षेत्रमा बस सेवा सञ्चालन भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका वासिन्दालाई विशेष फाइदा पुग्ने देखिएको छ । नगरपालिकाले यो सडकखण्डलाई हिउँद बर्खा नै सञ्चालन गर्ने गरी तयारी गर्ने र आवश्यक पर्ने बजेट नगरपालिकाले विनियोजन गर्ने जनाएको छ । थप बजेट आबश्यक परेमा जिल्ला विकास समितिसँग समन्वय गर्ने नगरपालिकाको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि ‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

२०७७ भाद्र १६ गते मंगलबार

०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...

इटलीको मिलानमा भ्रमण वर्ष २०२० सम्बन्धी  कार्यक्रम इटलीको मिलानमा भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रम

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०मिलान । नेपालमा नेपाल भ्रमण वर्ष २०२०...

के नेपालमा उल्का पिण्ड खसेकै हो त ? के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...

यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को...

Top