Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिने उद्देश्यले विदेशबाट उद्दार गरेर नेपाल ल्याइने नेपालीहरुका लागि राख्नका लागि प्रारम्भिक चरणमा करिब ४ दर्जन होटलहरुको छनौट गरिएको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल आउने नेपालीहरुका लागि १४ दिनसम्म क्वारेन्टाइनका रुपमा बस्नका लागि सरकारले काठमाडौं, पोखरा र रुपन्देहीका होटलहरु छनौट गरेको हो ।
यद्यपि यसरी छानिएका नामहरुमा केही व्यवसायीहरुले आपत्ति जनाएको र अरु होटलहरुलाई पनि थप्नुपर्ने जोड दिएपछि परिमार्जनसहित अर्को सूची निकाल्ने तयारी भै रहेको ठमेल क्षेत्रमा होटल सञ्चालन गर्दै आएका एक व्यवसायीले वेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।
नेपाल आउने नागरिकको छनौट अनुसार र आफ्नै खर्चमा ती होटलहरु उपलब्ध हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको एक विज्ञप्ति अनुसार यसरी सूचीकृत गरिएका होटलहरुमा काठमाडौं उपत्यकाभित्र रहेका होटलहरुको संख्या बढी रहेको छ । सरकारले छनौट गरेको होटलहरुमा पाँचतारे होटलदेखि २ तारेसम्मका रहेका छन् । कोरोनाका कारण पर्यटक नआएपछि काम बन्द भएका होटलहरुले क्वारेन्टाइन बनाउने सरकारको योजना पछि थोरै भएपनि राहत पाउने अपेक्षा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार निम्न होटलहरु क्वारेन्टाइनका लागि प्रारम्भिक चरणको छनौटमा परेका छन् ।








स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै...
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...
संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...
‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...
Top