विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार


०६ जुन, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिने उद्देश्यले विदेशबाट उद्दार गरेर नेपाल ल्याइने नेपालीहरुका लागि राख्नका लागि प्रारम्भिक चरणमा करिब ४ दर्जन होटलहरुको छनौट गरिएको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल आउने नेपालीहरुका लागि १४ दिनसम्म क्वारेन्टाइनका रुपमा बस्नका लागि सरकारले काठमाडौं, पोखरा र रुपन्देहीका होटलहरु छनौट गरेको हो ।

यद्यपि यसरी छानिएका नामहरुमा केही व्यवसायीहरुले आपत्ति जनाएको र अरु होटलहरुलाई पनि थप्नुपर्ने जोड दिएपछि परिमार्जनसहित अर्को सूची निकाल्ने तयारी भै रहेको ठमेल क्षेत्रमा होटल सञ्चालन गर्दै आएका एक व्यवसायीले वेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।

नेपाल आउने नागरिकको छनौट अनुसार र आफ्नै खर्चमा ती होटलहरु उपलब्ध हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको एक विज्ञप्ति अनुसार यसरी सूचीकृत गरिएका होटलहरुमा काठमाडौं उपत्यकाभित्र रहेका होटलहरुको संख्या बढी रहेको छ । सरकारले छनौट गरेको होटलहरुमा पाँचतारे होटलदेखि २ तारेसम्मका रहेका छन् । कोरोनाका कारण पर्यटक नआएपछि काम बन्द भएका होटलहरुले क्वारेन्टाइन बनाउने सरकारको योजना पछि थोरै भएपनि राहत पाउने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार निम्न होटलहरु क्वारेन्टाइनका लागि प्रारम्भिक चरणको छनौटमा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा

२०७७ माघ २ गते शुक्रबार

१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...

हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...

सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा...

Top