Best Khabar Team | २०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०
बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले बगाउँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार आज बिहान ३ बजेतिर स्थानीय मेलम्ची नगरपालिकाको गैह्रीबजारमा माथिबाट आएको पहिरोले बन्दै गरेको कर्भड हल बगाएको थियो । मृतकहरु सबै सो कर्भडहल बनाउने काममा खटिएका मजदुरहरु रहेको स्थानीयको भनाई छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ गैह्रीबजारमा निर्माण भै रहेको सो कभर्ड हल माथिबाट पहिरो आएपछि भास्सिएर बगेको थियो । मृतकहरु मध्ये ५ जना बारा, २ जना पर्सा र एकजना भारतिय नागरिक रहेको बताइएको छ । काम सकेर राति सोही कर्भड हल छेउमा रहेको क्वार्टरमा सुतेका उनीहरुलाई आज बिहान ३ बजेतिर एक्कासी आएको पहिरोले कभर्ड हलसहित बगाएको थियो । बगाएर वेपत्ता भएकाहरुको शव प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा केहीबेरअघि निकालिएको थियो ।

मृतक सबैको सनाखत समेत भै सकेको छ । सो घटनामा घाइते भएका एकजना भारतीय मजदुरलाई उपचारका लागि काठमाडौं पठाईको छ । पहिरोले कर्भडहलको आधा भाग भास्सिएको बताइएको छ । वेपत्ताभएकाहरुको खोजीका लागि इप्रका मेलम्चीमा रहेको प्रहरीको टोली र स्थानीय वासिन्दा बिहानैदेखि खटिएका थिए । घाइतेलाई हेलिकोप्टरमा राखेर काठमाडौं पठाईएको मेलम्ची नगरपालिकाले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले त्यस क्षेत्रमा हुनसक्ने अन्य सम्भावित जोखिम तथा क्षतिको बारेमा अनुसन्धान गरिरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...
फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न...
नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...
मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । विश्वका ९० देशका विवाहिता...
Top