सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु

Best Khabar Team | २०७७ श्रावण १९ गते सोमबार


०३ अगस्ट, २०२०
बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले बगाउँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार आज बिहान ३ बजेतिर स्थानीय मेलम्ची नगरपालिकाको गैह्रीबजारमा माथिबाट आएको पहिरोले बन्दै गरेको कर्भड हल बगाएको थियो । मृतकहरु सबै सो कर्भडहल बनाउने काममा खटिएका मजदुरहरु रहेको स्थानीयको भनाई छ ।

तस्वीर साभार : पत्रकार विष्णु क्षेत्रीको फेसबुक ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ गैह्रीबजारमा निर्माण भै रहेको सो कभर्ड हल माथिबाट पहिरो आएपछि भास्सिएर बगेको थियो । मृतकहरु मध्ये ५ जना बारा, २ जना पर्सा र एकजना भारतिय नागरिक रहेको बताइएको छ । काम सकेर राति सोही कर्भड हल छेउमा रहेको क्वार्टरमा सुतेका उनीहरुलाई आज बिहान ३ बजेतिर एक्कासी आएको पहिरोले कभर्ड हलसहित बगाएको थियो । बगाएर वेपत्ता भएकाहरुको शव प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा केहीबेरअघि निकालिएको थियो ।

तस्वीर साभार : पत्रकार विष्णु क्षेत्रीको फेसबुक ।

मृतक सबैको सनाखत समेत भै सकेको छ । सो घटनामा घाइते भएका एकजना भारतीय मजदुरलाई उपचारका लागि काठमाडौं पठाईको छ । पहिरोले कर्भडहलको आधा भाग भास्सिएको बताइएको छ । वेपत्ताभएकाहरुको खोजीका लागि इप्रका मेलम्चीमा रहेको प्रहरीको टोली र स्थानीय वासिन्दा बिहानैदेखि खटिएका थिए । घाइतेलाई हेलिकोप्टरमा राखेर काठमाडौं पठाईएको मेलम्ची नगरपालिकाले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले त्यस क्षेत्रमा हुनसक्ने अन्य सम्भावित जोखिम तथा क्षतिको बारेमा अनुसन्धान गरिरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए

२०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...

अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’ अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...

Top