Best Khabar Team | २०७७ श्रावण ८ गते बिहिबार
२३ जुलाई, २०२०
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव जलाएर काठमाडौं फर्कँदै गर्दा पक्राउ परेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला जेल सजायाँको २ तिहाई भाग पनि भुक्तान नगरी जेल मुक्त भएका छन् । २०६८ साल माघमा श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङ्गस्थित जंगलमा शव जलाएर काठमाडौं फर्कँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पछि घटनाको अनुसन्धानका क्रममा उनले नै घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको र शव समेत जलाएको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालते उनलाई सर्वस्वसहित जन्मकैदको सजायाँ सुनाएको थियो । उनी २०७१ साल बैशाख ७ गतेदेखि उनी डिल्लीबजारस्थित कारागारमा जेल सजायाँ भुक्तान गर्दै आएका थिए । सर्वोच्च अदालतले केहीदिनअघि उनको बाँकी कैद मिनाहा गरिदिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले करिब १६ वर्ष ६ महिनाको बाँकी जेल भुक्तानको समयलाई मिनाह गर्दै कोइरालालाई थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालतको निर्णय अनुसार यदि जेल समय भुक्तान गरिरहेको भए कोइराला विक्रम सम्वत २०९३ सालमा जेल मुक्त हुन थिए । तर गत असारको दोश्रो साता अदालतले यो निर्णय गरेसँगै आजबाट उनी थुनामुक्त भएका हुन् ।

उनी डिल्लीबजार कारागारबाट निजी कारमा चढेर बाहिरिएका छन् । उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागारमा निजी कार लिएर पुगेकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...
सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन
२०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...
Top