Best Khabar Team | २०७७ श्रावण ८ गते बिहिबार
२३ जुलाई, २०२०
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव जलाएर काठमाडौं फर्कँदै गर्दा पक्राउ परेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला जेल सजायाँको २ तिहाई भाग पनि भुक्तान नगरी जेल मुक्त भएका छन् । २०६८ साल माघमा श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङ्गस्थित जंगलमा शव जलाएर काठमाडौं फर्कँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पछि घटनाको अनुसन्धानका क्रममा उनले नै घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको र शव समेत जलाएको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालते उनलाई सर्वस्वसहित जन्मकैदको सजायाँ सुनाएको थियो । उनी २०७१ साल बैशाख ७ गतेदेखि उनी डिल्लीबजारस्थित कारागारमा जेल सजायाँ भुक्तान गर्दै आएका थिए । सर्वोच्च अदालतले केहीदिनअघि उनको बाँकी कैद मिनाहा गरिदिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले करिब १६ वर्ष ६ महिनाको बाँकी जेल भुक्तानको समयलाई मिनाह गर्दै कोइरालालाई थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला अदालतको निर्णय अनुसार यदि जेल समय भुक्तान गरिरहेको भए कोइराला विक्रम सम्वत २०९३ सालमा जेल मुक्त हुन थिए । तर गत असारको दोश्रो साता अदालतले यो निर्णय गरेसँगै आजबाट उनी थुनामुक्त भएका हुन् ।

उनी डिल्लीबजार कारागारबाट निजी कारमा चढेर बाहिरिएका छन् । उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागारमा निजी कार लिएर पुगेकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी...
२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...
नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो
२०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
Top