Best Khabar Team | २०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९
विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि बलात्कार गरेको अभियोगमा २ महिना अघि पक्राउ परेका सुनसरीका कृष्णदास गिरी आज अदालतको आदेशमा रिहा भएका छन् । सिद्धबाबाको नामले समेत परिचित गिरी गत मंसीर १६ गते विराटनगरको एक नर्सिङ्ग होमबाट पक्राउ परेका थिए ।
प्रहरी पक्राउ गर्न जाँदा उनी स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालको अति सघन कक्षामा उपचाररत थिए । गत कात्तिक ४ गते आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । उनले आफूमाथि झूठो आरोप लगाइएको भन्दै घटनाको प्रतिकार गर्दै उनले करिब आधादर्जन वकिललाई आफ्नो पक्षमा बहस गर्न खटाएका थिए ।
यही मुद्दाको आज थुनछेक बहस सकिएपछि उनलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालत सुनसरीले निर्देशन दिएको हो । उनी आजै तीन लाख रुपैयाँ धरौटी बुझाए धुनामुक्त भएको बताइएको छ ।
करिब साढे १ महिनादेखि जिल्ला अदालतमा मुद्दा चलिरहेको मुद्दामा हिजो र आज दुई दिन चलेको थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश आएको हो । गिरी सुनसरीको चतरा आश्रमका प्रमुख समेत थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...
जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...
कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको...
Top