Best Khabar Team | २०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९
काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन कार्यक्रम निक्कै नै तामझामका साथ हुने भएको छ । पर्यटन मन्त्रालयको आयोजना हुन लागेको उदघाटन कार्यक्रममा मात्रै करिब २ करोड रुपैयाँ खर्च गरिने आयोजक पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । कार्यक्रममा देशमा विभिन्न क्षेत्रमा प्रचलित झाँकीहरुको प्रस्तुती रहनेछ ।
सरकारले कम्तीमा २० लाख पर्यटक भित्र्या-उने महत्वकांक्षी लक्ष्यसहित भ्रमणवर्षको उद्घाटन कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिँदैछ । भोलि दिउँसो ३ बजेपछि आयोजना हुन लागेको सो कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धी विभिन्न संघसंस्था, निजामती कमचारी, सञ्चारकर्मी, कलाकारलगायत समाजका विभिन्न क्षेत्र एवं तह र तप्काका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
उद्घाटन कार्यक्रममा मात्रै १० लाख जनाको सहभागिता रहने बताइएको छ । कार्यक्रमा नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुका साथै विदेशबाट समेत पाहुनाहरुलाई आमन्त्रण गरिएको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार चीन, भारत, म्यानमार, कम्बोडिया, भुटान र कतार, जमैका, अजरबैजानलगायतबाट विभागीय मन्त्रीहरु उद्घाटन कार्यक्रममा सहभागी हुन काठमाडौं आउँदैछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ
२०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...
‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !
२०७७ जेठ १७ गते शनिबार
युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...
मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो...
नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर...
Top