झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार


तस्वीर : पुननिर्माण प्राधिकरण

२९ डिसेम्बर, २०१९
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र पौष १३ गते बसेका बैठकबाट पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५ र ०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् ।

त्यसैगरी, बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो ।

त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षण अन्तर्गत संकलित कुल १ लाख ८९ हजार लगतमध्ये हालसम्म हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिनुभयो । “बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पौष मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं ।”

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाहरुले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्तालिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

प्राधिकरणका अनुसार हालसम्म निर्णय गरिएका गुनासोको संख्या १ लाख १३ हजार ४३ रहेको छ । यस्तै, १२ हजार ५ सय ४८ जनाले पुननिर्माणबाट लाभ पाईसकेका छन् । ५ हजार ६ सय ८५ घरधुरीले प्रवलीकरणमार्फत्को लाभ प्राप्त गरेका छन् भनै ८८ हजार ७७ घरधुरी गैरलाभग्राहीको सूचीमा सूचीकृत छ । प्राधिकरणले ६ हजार ७ सय ३३ घरधुरीलाई यसअघि नै लाभग्राही वा गैह्रलाभग्राहीको सूचीमा राखेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...

सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित) सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...

Top