झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार


२१ अप्रिल, २०२०
काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा मात्र अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम शुरु भएका कारण आगामी बैशाख १८ गतेसम्म त्रिभुवन विमानस्थल बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलको दक्षिण अर्थात् कोटेश्वरतर्फ थप करिब २ सय ९० मिटर लामो धावनमार्ग विस्तार गर्ने उद्देश्यले आगामी बैशाख १८ गतेसम्मका लागि विमानस्थलबाट हुने सबै आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय विमानस्थलले गरेको छ ।

हाल कोरोनाका कारण अन्र्तराष्ट्रिय उडानहरु ठप्प रहेका कारण सरकारले यही मौका छोपेर विमानस्थलको धावनमार्ग विस्तारको काम अघि बढाउन थालेको हो । अहिले औषधीजन्य सामग्री तथा अन्य अत्यावश्यक सेवाका लागि केही आन्तरिक विमान उडानको काम भएपनि आगामी १८ गतेसम्म सबै उडानहरु स्थगित गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाइ क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाले विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढाएको छ । हाल रहेको धावनमार्गले विमानस्थलमा आउने विमानहरुको चाप थेग्न नसकेकोले दक्षिण कोटेश्वर तर्फ धावनमार्ग थप्न लागिएको हो । हाल त्रिभुवन विमानस्थलको धानवमार्गको कुल लम्बाई करिब ३ किलोमिटर रहेको छ । विस्तारसँगै अब थप ३ सय मिटर लम्बाई थपिने छ ।

तस्वीर साभार : काठमाण्डू पोष्ट

परियोजना अन्र्तगत धावनमार्ग र पार्किङ्ग वे विस्तारको काम पनि हुनेछ । हाल नेपाली सेना तथा स्वदेशी एवं विदेशी कामदार गरी करिब १ सय जनाको टोली विमानस्थलको धावनमार्ग विस्तारको काममा खटिइरकेको छ । उनीहरुका लागि आवश्यक पर्ने सबै स्वास्थ्य सुरक्षा अपनाएर काममा खटाइएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालको विमानस्थलको रनवे छोटो भएको तथा साँघुरो विमानस्थलका कारण विमानको चाप बढी हुँदा पार्किङ्गमा समेत समस्या पर्न थालेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले विमानस्थलको धावनमार्ग र पार्किङ्ग विस्तारको काम अघि बढाएको हो । यद्यपि काम गत अप्रिल देखिनै शुरु भएको भएपनि आजदेखि भने विमानस्थल नै पूर्णरुपमा बन्द गरेर मर्मत सम्हारको काम तीव्र गतिमा अघि बढाईको बताइएको छ। विगतमा रातिको समयमा गरिने काम अहिले दिउँसै गरिँदा यसले कामको गुणस्तर समेत राम्रो हुने परियोजनाका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो

२०७७ श्रावण १० गते शनिबार

२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

२०७७ भाद्र २ गते मंगलबार

१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...

Top