Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०
सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका सबै हल्लाहरुलाई झूटो सावित बनाउँदै उत्तर कोरियाली नेता किम जोङ्ग उल सार्वजनिक भएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले हिजो सार्वजनिक गरेको श्रव्यदृष्य सामग्रीमा एउटा कार्यक्रमको उद्घाटनमा किम रिबन काट्दै हुन्छन् । उनी सार्वजनिक भएको सो कार्यक्रममा उनकी बहिनी र सरकारका बरिष्ठ अधिकारीहरु समेतलाई देख्न सकिन्छ ।

उत्तर कोरियाली मिडियाहरुका अनुसार राजधानीमा आयोजित एउटा रासायनिक मल कारखानाको उद्घाटन कार्यक्रममा किम सार्वजनिक भएका हुन् । गएको अप्रिल १२ मा एउटा सार्वजनिक कार्यक्रममा देखिएका किम त्यसयता गुमनाम भएका थिए । अप्रिल १५ मा हजुरबुबाको जन्मदिनको अवसरमा गरिएको एउटा राष्ट्रिय कार्यक्रममा समेत उनी नदेखिएपछि विभिन्न गुप्तचर निकायहरुले उनी मुटुको समस्याबाट गम्भीर विरामी परेपछि कोमामा गएको रिपोर्ट सार्वजनिक गरेका थिए ।

कतिपयले भने उनको मृत्यु भएको दाबी समेत गरिसकेका थिए । तर यी सबै निराधार हल्लालाई चिर्दै उत्तर कोरियाली नेता किम सार्वजनिक भएपछि विश्व जगतमा फेरि एकपटक खुसीको सञ्चार भएको छ । यसअघि ६ वर्षअघि पनि उनी करिब ६ साता सार्वजनिक कार्यक्रममा नदेखिँदा उनका बारेमा अनावश्यक हल्ला र अड्कलबाजी गरिएका थिए ।
करिब १८ दिन अघि एउटा सार्वजनिक कार्यक्रममा सहभागी किम त्यसपछि बाहिर देखिएका थिएनन् । उनी हालै सहभागी एउटा सार्वजनिक कार्यक्रमको भनिएको फोटो र भिडियोमा उनी निक्कै स्वस्थ्य देखिन्छन् । राष्ट्रिय महत्वका कार्यक्रममा किम अग्र मोर्चामा देखिने भएपनि हालै भएका केही कार्यक्रममा उनी नदेखिँदा विभिन्न खाले अड्कलबाजी र अफवाह फैलिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...
कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो
२०७७ माघ ४ गते आइतबार
१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...
भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
Top