Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०
काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको एउटा चार्टर विमानमा ४३ जना यात्रु रहेका थिए । उनीहरुलाई लिएर आएको सो विमानले विभिन्न समयमा कतारमा ज्यान जुमाएका २० जनाको शव समेत ल्याएको विमानस्थलस्रोतले जानकारी दिएको छ । विगत ३ महिनादेखिको लकडाउनका कारण कतारका विभिन्न शहरमा रोजगारीका क्रममा पुगेर ज्यान गुमाएकाहरुको शव ल्याउन समस्या भएको थियो ।

कार्यस्थल तथा अन्य विभिन्न ठाउँमा विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव आज महिनौंपछि काठमाडौं आइपुगेको हो । विभिन्न रोगले थलिएर अस्पतालमै मृत्युबरण गर्न पुगेका तथा दुर्घटनालगायतका विभिन्न कारणले ज्यान गुमाएकामध्ये २० जनाको शव आज कतार एयरवेजको चार्टर उडानले काठमाडौं ल्याएको हो । विदेशमा ज्यान गुमाउनेहरुको शव नेपाल ल्याउन विभिन्न प्रक्रिया पुरा गर्नुपर्नेहुन्छ । कतिपय अवस्थामा शवलाई नेपाल ल्याउन आवश्यक रकमको जोहो गर्न नसक्दा महिनौंसम्म शव विदेशी अस्पतालको शव गृहमा थन्कने गरेका छन् । सामान्य तथा विदेशमा मृत्युहुनेहरुको शव ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर नेपाल ल्याउन एक देखि दुई महिनासम्म लाग्ने गर्दछ ।

तर पछिल्लो पटक कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण हवाई उडान बन्द हुँदा विगतमा प्रक्रिया पुरा गरेर नेपाल ल्याउन सकिने अवस्थामा रहेका शवहरुलाई पनि ल्याउन सकिएको थिएन । सोही कारण यसबीचमा जम्मा भएका २० वटा शव लिएर कतार एयरवेजको विमान आज बिहान काठमाडौंमा अवतरण गरेको हो ।
सो विमानले वैदेशिक रोजगारीका लागि कतार पुगेका ४३ जना नेपालीहरुलाई पनि उद्दार गरेर ल्याएको थियो । बैदेशिक रोजगारीका लागि खाडी राष्ट्र पुगेका नेपाली कामदारहरुमध्ये वर्षेनी सयौंले विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् । आजै कुवेतबाट आएको विमानले २ वटा र साउदी अरेवियाबाट आएको अर्को चार्टर विमानले एउटा शव ल्याएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो
२०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...
अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...
आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति...
अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...
Top