Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९
गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका परिक्षार्थीलाई घुस लिएर पास गराएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले बुटबलस्थित तत्कालीन यातयात कार्यालयका प्रमुख र प्रहरी निरीक्षणविरुद्ध आज मुद्दा दायर गरेको छ । विशेष गरी मोटरसाइकल, हलुका सवारी साधन तथा हेवी गाडीहरुको ट्रायल परीक्षामा फेल भएका परिक्षार्थीबाट मोटो रकम घुुस लिएर उनीहरुलाई लाइन्सेन्स दिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
यसरी मुद्दा दायर गरिएकाहरुमा तत्कालीन यातयात कार्यालय प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका इन्स्पेक्टर रविन्द्र श्रेष्ठ रहेका छन् । करिब ७१ जना परीक्षार्थीहरु फेल हुँदासमेत उनीहरुले घुस लिएर उनीहरुलाई पास बनाएको र लाइसेन्स दिएको आरोप पोखरेल र श्रेष्ठमाथि लगाइएको छ ।
पक्राउ परेका दुबैलाई कैद सजायाँ र नगद जरिवानाको माग दावी गरिएको छ । यसैबीच काठमाडौंको थानकोटस्थित चन्द्रगिरी, सुकेधारा र भक्तपुरको राधेराधेलगायतका स्थानमा पनि लाइन्सेन्स परीक्षामा अनियमितता हुने गरेको सूचना अख्तियारलाई प्राप्त भएको अख्तियार स्रोतको दाबी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका...
एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...
Top