Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९
काठमाडौं । भारतीय पक्षले नेपाल भारत सिमावर्ती क्षेत्रका विभिन्न स्थानमा सिमा अतिक्रमण गरेको विरोधमा आज काठमाडौंस्थित भारतीय दुतावास अगाडि धर्ना दिइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको पहलमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरिएको हो ।
धर्नामा सहभागीहरुले भारतले हालै हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचिएको देखाइएकोले त्यसलाई तत्काल सच्चाउन माग गरिएको थियो । यस्तै धर्नामा सहभागीहरुले सिमा अतिक्रमणसम्बन्धी निर्णय तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
भारतीय पक्षले गरेको सिमा अतिक्रमणको विरोधमा अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर विभिन जिल्लामा पनि विरोध तथा धर्ना कार्यक्रम भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...
कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...
एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
Top