तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते

Best Khabar Team | २०८१ पुष २३ गते मंगलबार


०७ जनवरी, २०२५
काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको तिब्बतमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । चिनियाँ संचारमाध्यमहरुले दिएको जानकारी अनुसार हालसम्म भूकम्पमा परी ५३ जनाले ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार आज बिहान ९ बजेपछि पश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको चिनियाँ सञ्चारमाध्यहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको चिनको सिगाजे (सिगात्से) शहर नजिकै पर्ने टिंगरी काउन्टी (तस्वीरहरु इन्टरनेट)

भूकम्पको केन्द्रबिन्दु रहेको चिनको सिगाजे (सिगात्से) शहर नजिकै पर्ने टिंगरी काउन्टीमा ब्यापक धनजनको क्षति पुगेको छ । छन् भने गाउँमा व्यापक क्षति पुगेको छ । भूकम्पलगत्तै तिब्बतका अधिकारीहरूले आपतकालीन अवस्था तथा उद्धारको लागि भन्दै ३ हजर भन्दा बढी सुरक्षाकर्मी तथा स्वयंसेवकहरु परिचालन गरेको छ । टोलीले भूकम्पमा परी घाइते भएका तथा हराई रहेकाहरुको उद्दार तथा राहतको लागि काम शुरु गरेको छ । भूकम्पले चिनसँग सिमाना जोडिएको तिब्बतका केही गाउँहरुमा समेत क्षति पुगेको बताइएको छ । तिब्बत केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का नेपाललगायत भारत, बंगलादेश, भूटानलगायतका देशमा महशुश गरिएको बताइएको छ । भूकम्पमा परी घाइतेहरुकालाई उद्दार गरी सिगात्सेका विभिन्न अस्पतालमा भर्ना गरिएको छ । सो भूकम्पले नेपालमा अहिलेसम्म खासै केही क्षति नगरेपनि पूर्वी नेपालका केही जिल्लाका पुराना घरहरुमा सामान्य क्षति पुगेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

Luxembourg: Misconceptions on Social Media & realities !!! Luxembourg: Misconceptions on Social Media & realities !!!

२०८२ श्रावण ३ गते शनिबार

Pratik Lamichhane Many of you may have heard of...

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै ३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन...

सरकारको निर्णय : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त सरकारको निर्णय : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । सरकारले २ वर्षे कार्यकालका लागि...

Top