Best Khabar Team | २०८१ पुष २३ गते मंगलबार
०७ जनवरी, २०२५
काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको तिब्बतमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । चिनियाँ संचारमाध्यमहरुले दिएको जानकारी अनुसार हालसम्म भूकम्पमा परी ५३ जनाले ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार आज बिहान ९ बजेपछि पश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको चिनियाँ सञ्चारमाध्यहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको चिनको सिगाजे (सिगात्से) शहर नजिकै पर्ने टिंगरी काउन्टीमा ब्यापक धनजनको क्षति पुगेको छ । छन् भने गाउँमा व्यापक क्षति पुगेको छ । भूकम्पलगत्तै तिब्बतका अधिकारीहरूले आपतकालीन अवस्था तथा उद्धारको लागि भन्दै ३ हजर भन्दा बढी सुरक्षाकर्मी तथा स्वयंसेवकहरु परिचालन गरेको छ । टोलीले भूकम्पमा परी घाइते भएका तथा हराई रहेकाहरुको उद्दार तथा राहतको लागि काम शुरु गरेको छ । भूकम्पले चिनसँग सिमाना जोडिएको तिब्बतका केही गाउँहरुमा समेत क्षति पुगेको बताइएको छ । तिब्बत केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का नेपाललगायत भारत, बंगलादेश, भूटानलगायतका देशमा महशुश गरिएको बताइएको छ । भूकम्पमा परी घाइतेहरुकालाई उद्दार गरी सिगात्सेका विभिन्न अस्पतालमा भर्ना गरिएको छ । सो भूकम्पले नेपालमा अहिलेसम्म खासै केही क्षति नगरेपनि पूर्वी नेपालका केही जिल्लाका पुराना घरहरुमा सामान्य क्षति पुगेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...
हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...
यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र
२०७८ श्रावण ८ गते शुक्रबार
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...
‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...
Top