मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार


फाइल तस्वीर

२७ डिसेम्बर, २०१९
काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप इन्द्रसरोवर गाउँ पालिकास्थित पाटेखोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा जीप सडकबाट करिब आधाकिलोमिटर तल खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको स्थानीय मनमोहन मेमोरियल अस्पताल फर्पिङ्गमा उपचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ तिनपिप्पेलमा टिफर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कीर्तिपुरबाट फोहोर लिएर ओखरपौपा जाँदै गरेको ना २ क ३३८ नम्बर टिपर पल्टँदा चालक माइला लामा र सहचालक कमल लामाको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुको शव काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो

२०७७ भाद्र २८ गते आइतबार

१३ सेप्टेम्बर, २०२०काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा...

चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

२०७६ असार ८ गते आइतबार

२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...

दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...

उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’ उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...

Top