मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार


फाइल तस्वीर

२७ डिसेम्बर, २०१९
काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप इन्द्रसरोवर गाउँ पालिकास्थित पाटेखोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा जीप सडकबाट करिब आधाकिलोमिटर तल खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको स्थानीय मनमोहन मेमोरियल अस्पताल फर्पिङ्गमा उपचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ तिनपिप्पेलमा टिफर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कीर्तिपुरबाट फोहोर लिएर ओखरपौपा जाँदै गरेको ना २ क ३३८ नम्बर टिपर पल्टँदा चालक माइला लामा र सहचालक कमल लामाको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुको शव काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै...

मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट...

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

Top