नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

Best Khabar Team | २०७७ माघ ११ गते आइतबार


२४ जनावरी, २०२१
काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरस विरुद्धको खोप आगामी माघ १४ गतेदेखि देशका सबै प्रदेशबाट लगाउन शुरुगर्ने तयारी गरेको छ । त्यसका लागि देशका सात वटै प्रदेशहरुमा आज साँझसम्ममा खोप पु-याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख थान कोरोना विरुद्धको खोप केहीदिन अघि काठमाडौं आइपुगेको थियो ।

सरकारले विभिन्न प्राथमिकताका आधार तय गर्दै पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईमा खटिएका कर्मीचारी, शव व्यवस्थापनमा खटिने सेना तथा प्रहरीलगायतलाई खोप दिने तयारी गरेको छ । माघ १४ गते बिहान १० बजे खोपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने बताइएको छ । प्राप्त खोप मध्ये पहिलो चरणमा साढे ४ लाख डोज खोप विभिन्न प्रदेशमा आज साँझसम्म पुगिसक्ने र त्यसलाई सुरक्षित राख्नका लागि आवश्यक पर्ने सबै तयारी भै सकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रालयले तय गरेको मापदण्डका आधारमा पहिलो चरणमा अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायत अन्य कर्मचारी तथा विभिन्न क्षेत्रमा सरसफाईमा खटिएका कर्मचारीलगायतलाई खोप लगाईने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

२०७७ भाद्र २ गते मंगलबार

१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...

लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...

दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द...

Top