नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

Best Khabar Team | २०७७ माघ ११ गते आइतबार


२४ जनावरी, २०२१
काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरस विरुद्धको खोप आगामी माघ १४ गतेदेखि देशका सबै प्रदेशबाट लगाउन शुरुगर्ने तयारी गरेको छ । त्यसका लागि देशका सात वटै प्रदेशहरुमा आज साँझसम्ममा खोप पु-याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख थान कोरोना विरुद्धको खोप केहीदिन अघि काठमाडौं आइपुगेको थियो ।

सरकारले विभिन्न प्राथमिकताका आधार तय गर्दै पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईमा खटिएका कर्मीचारी, शव व्यवस्थापनमा खटिने सेना तथा प्रहरीलगायतलाई खोप दिने तयारी गरेको छ । माघ १४ गते बिहान १० बजे खोपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने बताइएको छ । प्राप्त खोप मध्ये पहिलो चरणमा साढे ४ लाख डोज खोप विभिन्न प्रदेशमा आज साँझसम्म पुगिसक्ने र त्यसलाई सुरक्षित राख्नका लागि आवश्यक पर्ने सबै तयारी भै सकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रालयले तय गरेको मापदण्डका आधारमा पहिलो चरणमा अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायत अन्य कर्मचारी तथा विभिन्न क्षेत्रमा सरसफाईमा खटिएका कर्मचारीलगायतलाई खोप लगाईने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै जर्मन चान्सलर ओलाफलगायतको उच्चस्तरीय टोली भारत आउँदै

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही...

नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...

क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...

सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

Top