‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार


०२ जनवरी, २०२०
काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा आफूहरुलाई पृथक र अब्बल विकास बैंकको रुपमा विकास गर्ने उद्घोष कामना सेवा विकास बैंकले गरेको छ । काठमाडौंमा आज बैंकले १३ औं वार्षिक साधारणसभाको अवसरमा गरेको कार्यक्रममा पछिल्ला वर्षहरुमा बैंकिङ्ग क्षेत्र निक्कै प्रतिपर्धात्मक रहेको भन्दै ग्राहकको मन जित्नेगरी आफ्ना बैंकको सबै शाखाहरुबाट अत्याधुनिक, अब्बल र प्रविधिमैत्री सेवा प्रदान गर्ने घोषणा गरेको हो ।

तस्वीर सौजन्य : कामना सेवा विकास बैंक

बैंकका अध्यक्ष सुदिप आचार्यका अनुसार यसका लागि बैंकले आन्तरिक गृहकार्य अघि बढाएको छ । आचार्यले समाजका सबै क्षेत्र, वर्ग र समुदायलाई समेट्ने गरी कामना विकास बैंकलाई अत्याधुनिक ढंगले अघि बढाउने बताउनुभयो । त्यस अवसरमा आचार्यले आर्थिक वर्ष ०७५/०७६ को आम्दानी तथा खर्च, नाफा/नोक्सानको हिसाब, नगदप्रवाह विवरण प्रस्तुत गर्नुभएको थियो । आजको साधारणसभाले सेयरधनीहरुलाई १७ करोड २७ लाख ३३ हजार दुई सय ८४ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

यसरी वितरण गरिने नगद लाभांश २०७५र०७६ को मुनाफा, हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६ दशमलव ८ प्रतिशतका दरले हुन आउने रकम हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको दीर्घकालीन रणनीति प्रस्तुत गर्नुभएको थियो । उहाँले ग्राहकमैत्री कार्यक्रम अघि सारेर सबैले आफनै बैंक हो भन्ने ढंगले कामना सेवा विकास बैंकले दीर्घकालीन रुपमा काम गर्ने रणनीति लिएको बताउनुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई...

Top