Best Khabar Team | २०७६ माघ १९ गते आइतबार

०२ जनवरी, २०२०
गोदावरी । त्यसो त धेरैको मनमा आउला ललितपुर भन्ने वित्तिकै राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला । त्यसमा पनि उपत्यकाभित्र पर्ने एउटा सुविधासम्पन्न तथा विकसित जिल्ला । तर अझैपनि राजधानी उपत्यकाभित्रै पर्ने र राजधानीसँगै जोडिएको लतिलपुर जिल्लामा यस्ता केही विकट गाउँपालिकाहरु समेत रहेको छ जहाँका बासिन्दा अहिलेपनि राज्यबाट सामान्य सुविधा पाउँदा अत्यन्तै हर्षित देखिन्छन् ।

एक्काइसौं शताब्दीको विश्वसँग तुलना गर्ने हो भने उपत्यकाभित्र पर्ने यो ललितपुरको महाँकालका स्थानीयले विश्वबजारका सबै आधुनिक उपकरण प्रयोग गरिरहेका हुन्थे होला । तर होइन, भौगोलिक विकटतासँगै राज्यको उपेक्षाका कारण यिनीहरु दुरजराजका मान्छेले जस्तै जीवनयापन गरिरहेका छन् । त्यसैले यो ठाउँ बत्तिमुनिको अँध्यरो भने झै छ । शनिबार यहाँ पुगेका रेडक्रस र सरकारी प्रतिनिधि देख्दा गाउँलेहरु निक्कै खुसी देखिन्थे । गाउँमा उपचार गर्न पाइने गरी स्वास्थ्य संस्था बनेपछि र विरामी परे सहरसम्म पु-याउने एम्बुलेन्स दिन शहरबाट मान्छेहरु आएका छन् भनेर हेर्न आउनेको संख्या ठूलै थियो एकहप्ता अघि । ।
हुन त यो आम नागरिकको नैसर्गिक अधिकार हो, तैपनि उनीहरु राज्यबाट ज्यादै ठूलो केही पाएको हो कि भन्दै निक्कै खुसी देखिन्थे । ललितपुरको दक्षिणक्षेत्रमा पर्ने महाँकाल गाउँपालिकालाई एकहप्ता अघि नेपाल सरकारले एउटा एम्बुलेन्स उपहार दियो । सँगै महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी दियो, अनि यसको पनि हस्तान्तर पनि गरियो ।

स्वास्थ्यचौकीमा केही स्वास्थ्य उपकरण पनि उपलब्ध गराईको छ । हिजो शनिबार गाबिस, र रेडक्रसको नेतृत्व त्यस्को उपकरण र संचालन अवस्थाबारे जानकारी लिन फेरि त्यहाँ पुगेको थियो । टोली त्यहाँ पुग्दा गाउँलेको खुसी छर्लँदै देखिन्थ्यो । गाउँलेहरु निकै खुसी देखिन्थे । जसले अत्यावश्यक स्वास्थ्य सेवा अनि प्रसुती गराउन अब शहर नै धाउनुपर्ने बाध्यता हटेको छ । गाउपालिका उपाध्यक्ष कमला लामा तामाङलाई एक वर्ष भित्रै दुर्गम स्थानमा स्वास्थ्यचौकी निर्माण सम्पन्न भई हस्तान्तरण भएको देख्दा अचम्म लागेको छ भने गाउँले अचम्ममा नपर्ने त प्रश्नै भएन । आशा गरौं यी र यस्ता सकारात्मक समाचार देशका अरु दुर्गम गाउँहरुबाट पनि संप्रेशण गर्न पाइयोस् र समाजमा खुसीको सञ्चार गर्न सकियोस् ।


स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...
लकडाउनमा घर फर्केका २४ मजदुरको ट्रक दुर्घटनामा मृत्यु, १५ गम्भीर घाइते
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । लकडाउनकै बीच घर फर्कन लागेका...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
सेप्टेम्बर ११, १९ वर्षअघि अमेरिकाको कालो दिन !
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०न्यूर्योक, अमेरिका । आज सेप्टेम्बर ११ ।...
Top