उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स

Best Khabar Team | २०७६ माघ १९ गते आइतबार


०२ जनवरी, २०२०
गोदावरी । त्यसो त धेरैको मनमा आउला ललितपुर भन्ने वित्तिकै राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला । त्यसमा पनि उपत्यकाभित्र पर्ने एउटा सुविधासम्पन्न तथा विकसित जिल्ला । तर अझैपनि राजधानी उपत्यकाभित्रै पर्ने र राजधानीसँगै जोडिएको लतिलपुर जिल्लामा यस्ता केही विकट गाउँपालिकाहरु समेत रहेको छ जहाँका बासिन्दा अहिलेपनि राज्यबाट सामान्य सुविधा पाउँदा अत्यन्तै हर्षित देखिन्छन् ।

एक्काइसौं शताब्दीको विश्वसँग तुलना गर्ने हो भने उपत्यकाभित्र पर्ने यो ललितपुरको महाँकालका स्थानीयले विश्वबजारका सबै आधुनिक उपकरण प्रयोग गरिरहेका हुन्थे होला । तर होइन, भौगोलिक विकटतासँगै राज्यको उपेक्षाका कारण यिनीहरु दुरजराजका मान्छेले जस्तै जीवनयापन गरिरहेका छन् । त्यसैले यो ठाउँ बत्तिमुनिको अँध्यरो भने झै छ । शनिबार यहाँ पुगेका रेडक्रस र सरकारी प्रतिनिधि देख्दा गाउँलेहरु निक्कै खुसी देखिन्थे । गाउँमा उपचार गर्न पाइने गरी स्वास्थ्य संस्था बनेपछि र विरामी परे सहरसम्म पु-याउने एम्बुलेन्स दिन शहरबाट मान्छेहरु आएका छन् भनेर हेर्न आउनेको संख्या ठूलै थियो एकहप्ता अघि । ।

हुन त यो आम नागरिकको नैसर्गिक अधिकार हो, तैपनि उनीहरु राज्यबाट ज्यादै ठूलो केही पाएको हो कि भन्दै निक्कै खुसी देखिन्थे । ललितपुरको दक्षिणक्षेत्रमा पर्ने महाँकाल गाउँपालिकालाई एकहप्ता अघि नेपाल सरकारले एउटा एम्बुलेन्स उपहार दियो । सँगै महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी दियो, अनि यसको पनि हस्तान्तर पनि गरियो ।

स्वास्थ्यचौकीमा केही स्वास्थ्य उपकरण पनि उपलब्ध गराईको छ । हिजो शनिबार गाबिस, र रेडक्रसको नेतृत्व त्यस्को उपकरण र संचालन अवस्थाबारे जानकारी लिन फेरि त्यहाँ पुगेको थियो । टोली त्यहाँ पुग्दा गाउँलेको खुसी छर्लँदै देखिन्थ्यो । गाउँलेहरु निकै खुसी देखिन्थे । जसले अत्यावश्यक स्वास्थ्य सेवा अनि प्रसुती गराउन अब शहर नै धाउनुपर्ने बाध्यता हटेको छ । गाउपालिका उपाध्यक्ष कमला लामा तामाङलाई एक वर्ष भित्रै दुर्गम स्थानमा स्वास्थ्यचौकी निर्माण सम्पन्न भई हस्तान्तरण भएको देख्दा अचम्म लागेको छ भने गाउँले अचम्ममा नपर्ने त प्रश्नै भएन । आशा गरौं यी र यस्ता सकारात्मक समाचार देशका अरु दुर्गम गाउँहरुबाट पनि संप्रेशण गर्न पाइयोस् र समाजमा खुसीको सञ्चार गर्न सकियोस् ।

सबै तस्वीर सौजन्य : दिब्यराज पौडेल, नेपाल रेडक्रस सोसाइटी


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा

२०७९ फाल्गुन ८ गते सोमबार

२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन्  ? सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

Top