Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०
घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा सोच्दा एम्बुलेन्स भनेको बिरामीको उपचारका लागि प्रयोग गरिने आकस्मिक सेवाको सवारी साधन हो । विरामी वा दुर्घटनामा घाइते भएकाहरुलाई छिटो भन्दा छिटो उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्थामा पु-याउने सवारी साधनको रुपमा एम्बुलेन्सलाई लिने गरिन्छ । तर यहाँ देशका चर्चित उद्योगी व्यवसायीहरुको छाता संगठनले सञ्चालनमा ल्याएको एम्बुलेन्सले गैरकानुनी र कानुद्वारा बर्जित काम गरिरहेका छन् । जनतको सेवा गर्नका लागि भन्दै सरकारले एम्बुलेन्सको आयकर समेत छुट गर्ने गरेको भएपनि यहाँको एक एम्बुलेन्सले भने सरकारले प्रतिबन्ध लगाएको लागूऔषध ओसार पसार गर्ने गरेको तथ्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उद्योग वाणिज्य संघ तुलसीपुले सञ्चालनमा ल्याएको एउटा एम्बुलेन्सबाट कानुनद्वारा बर्जित अबैध लागूऔषध ब्राउन सुगर समेत प्रहरीले आज ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार रा१च ३८९ नम्बरको एम्बुलेन्समा राखेर तस्करी गरिँदै गरेको अवस्थामा अबैध लागूऔषध, एम्बुलेन्सका चालकसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कोहलपुरबाट तुल्सीपुर आउँदै गरेको सो एम्बुलेन्सले अबैध लागूऔषध बोकेको जानकारी प्राप्त भएपछि प्रहरीले तुलसीपुरको दमारगाउँबाट सो एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी लिएको थियो ।
कोहलपुरबाट नक्कली विरामी र ब्राउनसुगर लिएर तुलसीपुर आउँदै गर्दा पक्राउ पर्नेमा जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ६का एम्बुलेन्स चालक तिलक विश्वकर्मासहित घोराहीका शंकर पुन र तुलसीपुरकी दिपा थापा रहेकी छिन् ।
प्रहरीले उनीहरुको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर समातेको छ । प्रहरीले एम्बुलेन्ससहित तीनैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...
बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९)...
‘कोरोना’ ताण्डव : चीनमामात्रै २१३ को मृत्यु, डब्लुएचओद्वारा विश्वव्यापी संकटकालको घोषणा, अमेरिकाद्वारा नागरिकलाई चीन भ्रमणमा रोक
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२० बेइजिङ्ग । विश्वव्यापीरुपमा त्रास फैलाउन सफल...
७ तस्वीरमा हेर्नुस्, साउथ वेस्टर्नको विज्ञान प्रदर्शनी (फोटोफिचर)
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको साउथ...
Top