दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ जुन, २०२०
घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा सोच्दा एम्बुलेन्स भनेको बिरामीको उपचारका लागि प्रयोग गरिने आकस्मिक सेवाको सवारी साधन हो । विरामी वा दुर्घटनामा घाइते भएकाहरुलाई छिटो भन्दा छिटो उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्थामा पु-याउने सवारी साधनको रुपमा एम्बुलेन्सलाई लिने गरिन्छ । तर यहाँ देशका चर्चित उद्योगी व्यवसायीहरुको छाता संगठनले सञ्चालनमा ल्याएको एम्बुलेन्सले गैरकानुनी र कानुद्वारा बर्जित काम गरिरहेका छन् । जनतको सेवा गर्नका लागि भन्दै सरकारले एम्बुलेन्सको आयकर समेत छुट गर्ने गरेको भएपनि यहाँको एक एम्बुलेन्सले भने सरकारले प्रतिबन्ध लगाएको लागूऔषध ओसार पसार गर्ने गरेको तथ्य खुलेको छ ।

सांकेतिक तस्वीर

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उद्योग वाणिज्य संघ तुलसीपुले सञ्चालनमा ल्याएको एउटा एम्बुलेन्सबाट कानुनद्वारा बर्जित अबैध लागूऔषध ब्राउन सुगर समेत प्रहरीले आज ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार रा१च ३८९ नम्बरको एम्बुलेन्समा राखेर तस्करी गरिँदै गरेको अवस्थामा अबैध लागूऔषध, एम्बुलेन्सका चालकसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कोहलपुरबाट तुल्सीपुर आउँदै गरेको सो एम्बुलेन्सले अबैध लागूऔषध बोकेको जानकारी प्राप्त भएपछि प्रहरीले तुलसीपुरको दमारगाउँबाट सो एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी लिएको थियो ।

कोहलपुरबाट नक्कली विरामी र ब्राउनसुगर लिएर तुलसीपुर आउँदै गर्दा पक्राउ पर्नेमा जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ६का एम्बुलेन्स चालक तिलक विश्वकर्मासहित घोराहीका शंकर पुन र तुलसीपुरकी दिपा थापा रहेकी छिन् ।

प्रहरीले उनीहरुको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर समातेको छ । प्रहरीले एम्बुलेन्ससहित तीनैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...

झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

Top