‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार


०५ मे, २०२०
काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ । सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । विनोद वानियाको आवाजमा रहेको गीतमा संगीत विवि अनुरागीको हो भने रचना राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।

भिडियो उत्कृष्ट बनेको विनोदले बताए । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने । भिडियोलाई उत्कृष्ट बनाउन आफुले मेहनत गरेको निर्देशक पोखरेल बताउँछन् ।‘‘भिडियो राम्रो बनेको छ, गीतलाई न्याय गर्न सकेकी सकिन त्यसको मुल्याकंन दर्शकले गर्नुहुनेछ’ उनले भने । यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल झनै उत्साहित छन् ।

यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने । गायक वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एल्बम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...

११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित) ११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित)

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश...

रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...

Top