Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०
खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा उम्रिएको बिषाक्त च्याउ घरमा ल्याएर तरकारी बनाएर खाँदा जाजरकोटमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खलंगाले दिएको जानकारी अनुसार जंगली च्याउ खाएर गम्भीर विरामी परेका जिल्लाको कुशे गाउँपालिकाको एकै घरका ४ जना मध्ये एकजनाको गएको सोमबार र बाँकी तीन जनाको आज ज्यान गएको हो ।

मृतक सबै बालिकाहरु रहेका छन् । स्याँक्रीका स्थानीय टेकबहादुर चलाउनेकी ३ छोरी तथा नातिनीको जंगलबाट ल्याएको विशाक्त च्याउ खाँदा ज्यान गएको हो । गएको साउन ९ गते उनीहरुले जंगलमा गाईबस्तु चराउन जाँदा भेटिएको च्याउ घरमा ल्याएर तरकारी बनाएर खाएका थिए । सो च्याउ खाएलगत्तै टेबहादुरसहित उनका परिवारका ८ जना गम्भीर विरामी परेका थिए । उनीहरुलाई हेलिकोप्टरमा राखेर सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पु-याइएको थियो । तर उनकी कान्छी छोरीको उपचारका क्रममा गएको सोमबार नै र नातिनीसहित गम्भीर अवस्थामा रहेकी दुई छोरीको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
सो घटनामा गम्भीर घाइते भएका १ जनाको उपचार चलिरहेको र टेकहादुरसहित ३ जनाको अवस्था सामान्य बनेको बताइएको छ । नेपालका पहाडी जिल्लाहरुमा हरेक वर्ष वर्षात्का बेला जंगलमा उम्रने विषाक्त च्याउ खाँदा दर्जनौंले ज्यान गुमाउँदै आएपनि यस्ता घटना दोहोरिन नदिने तर्फ कसैको ध्यान गएको पाईँदैन । गरिबी र अज्ञानता यसको प्रमुख कारण भएको विज्ञहरुको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो
२०७७ बैशाख २२ गते सोमबार
०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...
झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...
गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी
२०८० कार्तिक २ गते बिहिबार
१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली...
Top