देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

Best Khabar Team | २०७८ जेठ १० गते सोमबार


२४ मे, २०२१
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा थप कडाई गरिने भएको छ । नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देशका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च गतिमा फैलिरहेको भन्दै तत्कालै निषेधाज्ञामा थप कडाई गर्न भनेको छ । गृहमन्त्रालयले केहीदिन अघि अध्यादेश नै जारी गरी कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सबैमा आग्रह गरेको थियो ।

तरपनि देशभर निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढिरहेको निष्कर्षसहित गृहमन्त्रालयले निषेधाज्ञामा थप कडाई गर्न भनेको हो । गृहमन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायतलाई परिपत्र गर्दै कोरोना नियन्त्रणको यो अभियानमा थप कडाई गर्न भनेको हो । जस अनुसार कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई तत्काल नगद जरिवानासहित कैदसम्म लैजान सक्ने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रदान गरिएको छ ।

नयाँ व्यवस्था अनुसार अहिले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई १ लाख जरिमाना, संघसंस्थाको हकमा ५ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय सरकारले गरेको छ । यस्तै अनुमति बिना सवारी साधन चलाउनेलाई २ हजार देखि ५ हजारसम्म जरिवाना गर्ने उल्लेख छ । यसमा २ पाङ्ग्रे सवारी साधन चलाउनेलाई २ हजार ४ पाङग्रेलाई ५ हजार जरिवाना तोकिएको छ । यस्तै, निषेधाज्ञा उल्लंघन गरी संस्था वा व्यवसाय सञ्चालन गरेको पाइएमा ६ महिना सो संस्था वा व्यवसाय बन्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्ष कैद र ५ लाख रुपैयाँसम्मको जरिमाना गरिएको छ ।

यस्तै हालै जारी भएको अध्यादेश विपरित काम गर्नेलाई ३ लाख रुपैयाँ नगद जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था गरिएको छ । सरकारले बनाएको नयाँ नियम अनुसार सार्वजनिक स्थानमा माक्स नलगाई हिँडेको भेटिएमा प्रत्येक पटक एक सय रुपैयाँ जरिमाना हुने व्यवस्था छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा गृहमन्त्रालयले निषेधाज्ञामा थप कडाई गर्न लागेको हो । आगामी एक महिना नेपालमा कोरोनाको जोखिम उच्च रहेको यसअघि नै स्वास्थ्य मन्त्रालयले बताईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

Top