देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

Best Khabar Team | २०७८ जेठ १० गते सोमबार


२४ मे, २०२१
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा थप कडाई गरिने भएको छ । नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देशका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च गतिमा फैलिरहेको भन्दै तत्कालै निषेधाज्ञामा थप कडाई गर्न भनेको छ । गृहमन्त्रालयले केहीदिन अघि अध्यादेश नै जारी गरी कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सबैमा आग्रह गरेको थियो ।

तरपनि देशभर निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढिरहेको निष्कर्षसहित गृहमन्त्रालयले निषेधाज्ञामा थप कडाई गर्न भनेको हो । गृहमन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायतलाई परिपत्र गर्दै कोरोना नियन्त्रणको यो अभियानमा थप कडाई गर्न भनेको हो । जस अनुसार कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई तत्काल नगद जरिवानासहित कैदसम्म लैजान सक्ने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रदान गरिएको छ ।

नयाँ व्यवस्था अनुसार अहिले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई १ लाख जरिमाना, संघसंस्थाको हकमा ५ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय सरकारले गरेको छ । यस्तै अनुमति बिना सवारी साधन चलाउनेलाई २ हजार देखि ५ हजारसम्म जरिवाना गर्ने उल्लेख छ । यसमा २ पाङ्ग्रे सवारी साधन चलाउनेलाई २ हजार ४ पाङग्रेलाई ५ हजार जरिवाना तोकिएको छ । यस्तै, निषेधाज्ञा उल्लंघन गरी संस्था वा व्यवसाय सञ्चालन गरेको पाइएमा ६ महिना सो संस्था वा व्यवसाय बन्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्ष कैद र ५ लाख रुपैयाँसम्मको जरिमाना गरिएको छ ।

यस्तै हालै जारी भएको अध्यादेश विपरित काम गर्नेलाई ३ लाख रुपैयाँ नगद जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था गरिएको छ । सरकारले बनाएको नयाँ नियम अनुसार सार्वजनिक स्थानमा माक्स नलगाई हिँडेको भेटिएमा प्रत्येक पटक एक सय रुपैयाँ जरिमाना हुने व्यवस्था छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा गृहमन्त्रालयले निषेधाज्ञामा थप कडाई गर्न लागेको हो । आगामी एक महिना नेपालमा कोरोनाको जोखिम उच्च रहेको यसअघि नै स्वास्थ्य मन्त्रालयले बताईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व

२०७७ भाद्र ११ गते बिहिबार

– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...

Top