मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०६ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि विगत २ सातादेखि लागू गरेको लकडाउनको समय एकसाता थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा पनि लकडाउनको समय जारी रहेकोले थप एकसाताका लागि लकडाउन थप गर्न लागिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । यद्यपि यसको औपचारिक घोषणा भने अहिले बालुवाटारमा जारी मन्त्रीपरिषद्को बैठकले गर्नेछ ।

त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । आजको मन्त्रीपरिषद् बैठकले कैलाली कञ्चनपुर लगायतका जिल्लामा भारतबाट आएकाहरुमा कोरोना देखिएकोले उनीहरुको सम्पर्कमा रहेकाहरुमा समेत कोरोनाको जोखिम रहेको भन्दै भन्दै लकडाउनको समयावधि थप एकसाता थप गर्ने विषयमा निर्णय लिने बताइएको छ । यस्तै ती जिल्लामा कोरोना चेकजाँचको लागि द्रुत गतिमा काम अघि बढाउका लागि सम्बन्धित जिल्ला र क्षेत्रमा आवश्यकीय सामग्री पठाउने विषयमा ठोस निर्णय लिनेछ ।

आजको बैठकमा लकडाउनको समीक्षा गर्दै भोलिका दिनमा अत्यावश्यकीय सामग्रीको प्रवाहलगायतका विषयमा पनि थप निर्णय लिइने सरकारी स्रोतको भनाई छ । बैठकमा सीमा क्षेत्र बन्द गर्ने समयावधि थप लम्ब्याउने विषयमा पनि निर्णय हुनेछ ।

हाल नेपालसँग सिमाना जोडिएका भारतीय सिमावर्ती क्षेत्रमा अत्यावश्यकीय बाहेकका सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ । यसका अलावा सीमा क्षेत्रमा लकडाउन कार्यान्वयन गराउनका लागि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको संख्या थप्ने विषयमा समेत निर्णय हुने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै  ठूलो दुर्घटना पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा  माक्स अनिवार्य कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...

Top