Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २ साताअघि यस क्षेत्रमा आएका दुई विदेशी नागरिकसहित एक नेपाली वेपत्ता भएका छन् । उनीहरु अन्नपूर्ण राउन्ड क्षेत्रबाट गत मार्च १६ को रातिबाट वेपत्ता भएको टे«किङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको पोखरा शाखाले जनाएको छ ।
युरोपेली मुलुक नेदरल्याण्डबाट नेपाल भ्रमणमा आएर पोखरास्थित अन्नपूर्ण आधार शिवरको पदयात्रामा गएका आफ्ना नागरिकहरु सम्पर्क विहिन बनेको भन्दै नेदरल्याण्डको दुतावासले टानलाई उनीहरुको खोजी गरिदिन आग्रह गरेपछि घटनाको विषयमा जानकारी सार्वजनिक भएको हो । उनीहरु मुक्तिनाथलाई गन्तव्य बनाउँदै यात्रामा अघि बढेका थिए ।
हराउने नेदरल्याण्डका नागरिकहरुमा मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोकेन रहेका छन् । तर उनीहरुको भरियाको रुपमा गएका नेपाली नागरिकको नाम भने खुल्न सकेको छैन । मार्च ९ तारिक थोराङला पास हुँदै जोमसोमका हिँडेको भएपनि उनीहरु १६ तारिखपछि सम्पर्कमा नरहेको भन्दै उनीहरुको खोजी गरिदिन दुतावासले आग्रह गरेको हो ।
यो विषयमा जानकारी पाएपछि टानले सो क्षेत्रमा टोली पठाउने तयारी गरेको छ । विगत ४ दिनदेखि सो क्षेत्रमा बाक्लो हिमपात परेका कारण उनीहरु कहिँ कतै रोकिएको हुनसक्ने अनुमान समेत गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...
स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै...
बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...
गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो
२०७७ श्रावण १० गते शनिबार
२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...
Top