Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २ साताअघि यस क्षेत्रमा आएका दुई विदेशी नागरिकसहित एक नेपाली वेपत्ता भएका छन् । उनीहरु अन्नपूर्ण राउन्ड क्षेत्रबाट गत मार्च १६ को रातिबाट वेपत्ता भएको टे«किङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको पोखरा शाखाले जनाएको छ ।
युरोपेली मुलुक नेदरल्याण्डबाट नेपाल भ्रमणमा आएर पोखरास्थित अन्नपूर्ण आधार शिवरको पदयात्रामा गएका आफ्ना नागरिकहरु सम्पर्क विहिन बनेको भन्दै नेदरल्याण्डको दुतावासले टानलाई उनीहरुको खोजी गरिदिन आग्रह गरेपछि घटनाको विषयमा जानकारी सार्वजनिक भएको हो । उनीहरु मुक्तिनाथलाई गन्तव्य बनाउँदै यात्रामा अघि बढेका थिए ।
हराउने नेदरल्याण्डका नागरिकहरुमा मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोकेन रहेका छन् । तर उनीहरुको भरियाको रुपमा गएका नेपाली नागरिकको नाम भने खुल्न सकेको छैन । मार्च ९ तारिक थोराङला पास हुँदै जोमसोमका हिँडेको भएपनि उनीहरु १६ तारिखपछि सम्पर्कमा नरहेको भन्दै उनीहरुको खोजी गरिदिन दुतावासले आग्रह गरेको हो ।
यो विषयमा जानकारी पाएपछि टानले सो क्षेत्रमा टोली पठाउने तयारी गरेको छ । विगत ४ दिनदेखि सो क्षेत्रमा बाक्लो हिमपात परेका कारण उनीहरु कहिँ कतै रोकिएको हुनसक्ने अनुमान समेत गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...
भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...
अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...
अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...
Top