संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता

Best Khabar Team | २०७७ असार २८ गते आइतबार


१२ जुलाई, २०२०
खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी जिल्लाको सिसुवामा भीषण पहिरो गएको छ । पहिरोमा परी ८ वटा घरहरु बगाएको र हालसम्म ११ जना वेपत्ता रहेको बताइएको छ ।

जिल्लाको सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सिसुवाखोला भन्ने स्थानमा आएको पहिरोमा परी स्थानीय बासिन्दाको ८ वटा घर बगाएको थियो । ४ जनालाई स्थानीयले जिवितै उद्दार गरेको भएपनि ११ जना अहिलेसम्म सम्पर्क बिहिन बनेको बताइएको छ । घटनास्थलमा निरन्तर रुपमा पानी परिरहेका कारण घाइते तथा हराईरहेकाहरुको उद्दारमा कठिनाई भएको छ । अहिले सिसुवा र ताम्कुबाट प्रहरी तथा स्थानीय वासिन्दा घटनास्थलतर्फ लागेका छन् ।

तर बर्षात्का कारण घटनास्थलसम्म पुग्ने सडकका दर्जनौं स्थानमा पहिरो गएका कारण उद्दारमा कठिनाई भएको बताइएको छ । डाँडा माथिबाट आएको पहिरोले स्थानीयका ८ वटा घरहरु, बस्तुभाउलगायत बगाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन ‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...

पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...

सर्वोच्चले सरकारलाई भन्यो :  जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...

Top