राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा निर्माण भएको पोखराको रत्न मन्दिर अब सर्वसाधारणको लागि खुल्ला गरिँदैछ । मुलुकमा राजतन्त्रको अन्त्य भएको एक दशकपछि रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको यो मन्दिर सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो । राजतन्त्रका बेला विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र समेत यही स्थानमा ग्रहण गर्ने गरिन्थ्यो । मन्दिर एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

फोटो : प्रदिप सापकोटा/बेस्टखबर डटकम

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् भने परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन समेत रहेको छ । शुरुमा रत्नमन्दिर र त्यसपछि त्यसभित्र रहेको हिमागृह पनि सर्व सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । हालका लागि नेपाल ट्रस्टको कार्यालय पोखरामा रहेका कर्मचारीहरुबाटै सो कार्यलयको व्यवस्थान गर्ने गरी तयारी अघि बढेको बताइएको छ । पुस १६ गते अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ देखि नै रत्नमन्दिर सबैका लागि खुल्ला गर्न लागिएको हो ।

मन्दिर प्रवेशका लागि के कति टिकट लिने भन्ने विषयमा भने छलफल भै रहेको बाइएको छ । राजतन्त्रको अन्त्य भै सकेपछि सो मन्दिर खुल्ला गर्नका लागि सरकारलाई चौतर्फी दबाब परेको थियो । काठमाडौंस्थित नारायणहिटी राजदरवार सर्वसाधारणको खुला गरिएपनि अहिलेसम्म सो मन्दिर सर्वसाधारणको लागि खुल्ला दिएन ।

रत्न मन्दिरको नाममले चर्चित यो स्थान तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छि श्रीमती रत्नको नामबाट राखेका थिए । विसं २०१३ मा निर्माण गरिएको यो स्थानमा राजपारिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने गर्दथे । यसका अलावा उच्च पदस्थ विदेशी पाहुना आउँदा समेत दरबारले यो स्थानलाई प्रयोग गर्ने गर्दथ्यो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३...

हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर...

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...

Top